Erani Mahal
'रानीमहल' पुरानै 'सेताे रंग'मा रंगियाे, डेढ दशकअघि लगाइएकाे रंगमा बहस !
107733713_290916442126235_7428581088418718665_n
पाल्पा – ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय महत्वको रानीमहलमा रंगरोगन गर्ने काम भएको छ । ऐतिहासिक रुपमा रहेको ‘सेतो’ कलर (रंग) लगाइएको तानसेन नगरपालिकाले जनाएको छ । यसअघि सेतो र आकाशे रंगमा रानीमहल रंगिएको थियो । नगरपालिकाले रानीमहलको रेखदेख र संरक्षणको दुई वर्षअघि जिम्मा पाएपछि पहिलो पटक रानीमहलमा रंगरोगन गर्ने काम गरेको हो । चालु आव २०७६/०७७ मा ४० लाख रुपियाँ खर्च गरेर नगरपालिकाले ५ वटा शौचालय सहित रंगरोगन गरिरहेको छ । शौचालय निर्माणको काम भने आगामी भदौँसम्ममा सकिने बताइएको छ । तस्विर : वसन्त कुँवरकाे सहयाेगमा । रानीमहलको भित्तामा यसअघि २०६३/०६४ सालदेखि आकाशे र सेतो रंग मिसिएको थियो । केही वर्षपहिले लगाइएको रंगभन्दा फरक रंगमा रानीमहल देखिएपछि सामाजिक संजालमा बहस भईरहेको छ । कसैले यसलाई सहज रुपमा लिइरहेका छन्, कसैले ऐतिहासिक रंग सेतामै रहनुपर्ने मत दिएका छन् भने कसैले सेतो र आकाशे रंगमै रानीमहल रंगाउनुपर्ने बताइरहेका छन् । यद्यपी रानीमहलको ऐतिहासिक रंग भने ‘सेतो’ नै रहेको तानसेन–१३ का वडा अध्यक्ष टुकप्रसाद भट्टराईले बताउनुभयो । यसअघि २०६३/०६४ सालमा पुरातत्व विभागको जिम्मेवारीमा रहँदा यहाँका स्थानीय बासिन्दा मिलेर सेतो र आकाशे रंगरोगन गरिएको थियो, वडा अध्यक्ष भट्टराईले भन्नुभयो रानीमहलको ऐतिहासिक रंग भने ‘सेतो’ नै रहेछ । अहिले नगरपालिकाले पनि रानीमहललाई ऐतिहासिक रंगमा सजाउनुपर्छ भनेर सेतो रंग गरेको उहाँले बताउनुभयो । यद्यपी २०६४ सालतिर लगाइएको रंग नै लगाउने की भन्ने बारेमा समेत छलफल भईरहेको स्रोतले जनाएको छ । [caption id="attachment_11605" align="alignnone" width="960"] सेताे रंग लगाएपछि रानीमहल । तस्विर : वसन्त कुँवर ।[/caption] रानीमहलमा चहलपहल सुरु भएपछि देखिएको रंग परिवर्तन हुँदा सामाजिक संजालमा बहस हुनु स्वभाविक भएको केही मानिसको बुझाई छ । तर त्यस क्षेत्रमा मानिसको चहलपलह भएपछि रानीमहल सेता र आकाशे रंगमा देखियो, त्यो रंग अब ब्राण्ड भईसकेको तानसेनका स्थानीय बासिन्दा तथा त्यस क्षेत्रका होटल व्यवसायी वसन्त कुँवरले बताउनुभयो । पुरानो सेतो कलर नै भएपनि त्यो अब सबै मानिसको मानसपटलमा रहेको उहाँको भनाई छ ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update