Erani Mahal
मरेकाे भनी अन्त्येष्टी गरेका व्यक्ति जीवितै भेटिएपछि....
ka
पाल्पा - गुल्मी जिल्ला रूरू गाउँपालिका-५, का श्यामचरण भण्डारी शनिबार सकुशल भेटिएका छन् । नाैँ दिनअघि रूपन्देहीकाे मणिग्रामबाट हराउनुभएका भण्डारी जीवितै पाल्पाकाे रैनादेवी छहरामा भेटिनुभएकाे हाे । तर भण्डारीकाे मृत्यु भएकाे भनेर नाैँ दिनअघि नै काजकिरिया गरिएकाे थियाे । उहाँ हराउनुभएपछि खाेजी गर्ने क्रममा गुल्मीकै रूरू सघाट भन्ने स्थानमा एक जनाकाे शब भेटिएकाे थियाे । शब भेटिएपछि शब भण्डारीकाे नै भएकाे भनेेर परिवार र काज किरिया गरेका थिए । तर भण्डारी भेटिएपछि परिवार तथा आफन्तमा खैलाबैला मच्चिएकाे छ । उहाँकाे परिवार बुटवल मणिग्राममा बस्दै आएकाे बताइएकाे छ । तस्विर : चुरामणी तिमिल्सिनाकाे सहयाेगबाट । श्यामचरणकाे भन्दै अन्येष्टि गरेका शब कसकाे हाे, कसले, कसरी शबकाे पहिचान गर्याे त्याे भने खुल्न बाँकी छ । जेहाेस श्यामचरण जीवितै भेटिएपछि भने घटनाले नयाँ माेड लिएकाे छ ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update