Erani Mahal
तानसेन नगरपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र र बोका वितरण
boka (3)
पाल्पा– तानसेन नगरपालिकाले किसानहरुलाई कृषि यन्त्र तथा बोका वितरण गरेको छ । नगरभित्रका कृषकहरुलाई व्यवसायिक बनाउन र उनीहरुलाई आय आर्जनको विकासमा सहयोग गर्न कृषि यन्त्र र बोकाहरु वितरण गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताउनुभयो । किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा पशुपालकलाई उन्नतजातको बोका वितरण गरिएको हो । तानसेनका कृषि र पशुपालन गर्ने वडाका किसानहरुलाई बोका र कृषि औजार बाँडिएको हो । कार्यक्रममा नगर प्रमुख अशोक कुमार, शाही, उपप्रमुख लक्ष्मी देवी पाठक, प्रवक्ता दामोदर घिमिरे, सम्बन्धित वडाका वडाअहध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, कृषि शाखाका प्रमुख, शाखा अधिकृत भरत आचार्य लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update