Erani Mahal
पाल्पामा दाेस्राे पटक पीसीआर नगरी  दुई सय ५६ जनालाई घर पठाइयाे !
aaa
पाल्पा - काेराेना संक्रमण भएर आइसोलेसनमा बसेका व्यक्तिकाे दाेस्राे पटक पीसीआर परीक्षण नगरी घरमा पठाइएकाे छ । आइसाेलेसन सेन्टरमा रहेका व्यक्तिहरूकाे दाेस्राे पटक पीसीआर परीक्षणका लागि स्वाब भैरहवा पठाइए पनि रिपाेर्ट नआउँदा स्थानीय तहहरूले धमाधम परीक्षणबिनै घरमा पठाउन थालेका छन् । दाेस्राे पटक पीसीआरका लागि स्वाब पठाइएपनि एक महिनासम्म रिपाेर्ट नआएकाले संक्रमितलाइ घर पठाइएकाे स्थानीय तहका जनप्रतिनिधिहरूकाे भनाइ छ । तर प्रदेशमा पठाइएकाे स्वाबकाे परीक्षण गर्न संक्रमित व्यक्तिमा काेराेनाकाे लक्षण देखिनुपर्ने स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । सरकारले यसअघि नै संक्रमित व्यक्तिलाइ कुनै लक्षण नदेखिए पीसीआर परीक्षण गर्नु नपर्ने नीति बनाएकाे थियाे । पाल्पामा हालसम्म काेराेनाकाे लक्षण नदेखिएका तर आइसाेलेसनमा बसेका २५६ जनाकाे परीक्षण रिपाेर्ट नआउँदा घरमा पठाइएकाे छ । उनीहरूलाइ पुन परीक्षण नगरी घर पठाइएकाले गाउँमा भने त्रास फैलिएकाे छ । सरकारले लक्षण नदेखिएका व्यक्ति संक्रमित भएको १४ दिनपछि घर पठाउन सकिने जनाएअनुसार काम भएकाे स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख विश्वनाथ न्याैपानेले बताउनुभयाे । पाल्पामा हालसम्म ५४९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । त्यसमध्ये ३०३ जना निको भएर घर फर्किसकेका छन् । भने एक जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update