Erani Mahal
तिनाउकाे दाेभान खुर्सानेमा  फाेहाेर व्यवस्थापन गर्न डस्विन वितरण
बाम
पाल्पा- तिनाउकाे दाेभान खुर्सानेमा फाेहाेर व्यवस्थापन गर्न डस्विन वितरण गरिएकाे छ । तिनाउ गाउँपालिका–२, खुर्सानेको कली विश्वकर्माले घरभित्रबाट निस्केको फोहोरलाई व्यवस्थान गर्न निकै चुनौती थियो । कुहिने र नकुहिने सबै एकस्थान फाल्दा फोहोर बढ्दो थियो । तिनाउ गाउँपालिका २ को आर्थिक सहयोगमा नागरिक सचेतना केन्द्रले समुहका ५५ घरमा डविस्न वितरणपछि गाउँमा फोहोर हुन छाडेको छ । तिनाउको वडा नं २ ले आफ्नो वडाको सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको खुर्साने गाउँमा नागरिक सचेतना केन्द्र मार्फत सशक्तीकरण र आय आर्जनमा आर्थिक सहयोग पुर्याउदै आएको थियो । यस बर्षको बजेटबाट सबै घरलाई पुग्नेगरी डस्टविन खरिद गरी वितरण गरिएको सो केन्द्रका अध्यक्ष संगिता विकले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तथा प्रवक्ता राजेश श्रेष्ठले पछाडि परेका वर्गको आर्थिक, सामाजिक र चेतनाको स्तरमा उकास्न वडाबाट बर्षेनि वजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले अब सबैजना संगठित भएर अघि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा महिला सदस्य शान्ति विक, दलित नेता छवि गहतराज र दलित सञ्जाल तिनाउका अध्यक्ष मोहन विकले तिनाउ भरिमा वडा नं २ र वडा अध्यक्ष श्रेष्ठको नेतृत्वले उदाहरणीय कार्य गर्दै जानुभएको बताउनुभयो।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update