X

पाल्पामा कोरोना भाइरसलाई जितेर घर फर्किने ३ सय बढी

रानीमहल संवाददाता || २७ असार २०७७,शनिबार ११:४२

पाल्पा – पाल्पामा कोरोना भाइरस सङ्क्रमणलाई जितेर घर फर्किने दिनहुँ बढेका छन् । कोरोना भाइरस लागेका मानिसहरू निको भएर घर फर्किने दिनहुँ बढेका हुन् । पाल्पामा हालसम्म ३ सय ५ जना कोरोना जितेर घरमा फर्किसकेका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित भई जिल्लाको विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत ३ सय ५ जना कोरोना जितेर घरमा फर्किएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । शनिवार रामपुरका १ सय ४ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय पाल्पाका महामारी फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो । योसँगै घर फर्किनेको सङ्ख्या ३ सय पुगेको उहाँले बताउनुभयो ।

कोरोना निको हुनेहरूमा
माथागढीका १५,
रामपुरका १०६,
पूर्वखोलाका ३४,
रैनादेवी छहराका २०,
रम्भाका २५,
बगनासकालीका १,
रिब्दीकोटका ४,
निस्दीका ९५,
र अन्य अस्पतालका ३ जना
उनीहरू सबैको दोस्रो पटकको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।
पाल्पामा हालसम्म ५४९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । पछिल्लो समय भारतलगायतका मुलुकबाट जिल्लामा आउने मानिसको सङ्ख्या घटेपछि कोरोना संक्रमण दर पनि घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys