Erani Mahal
अबिरल वर्षातले रैनादेवी छहराकाे सत्यवतीमा एक्साभेटर दुर्घटना
rr
पाल्पा - लगातार परेको अविरल बर्षाका कारण शुक्रबार दिउँशाे बाटोमा हिडिरहेकाे एस्काभेटर(डाेजर) जमिन भाँस्सिएर दुर्घटनामा परेको छ । जिल्लाकाे रैनादेवि छहरा गाउँपालिका वडा न ८ सत्यवति स्थित जमिन भास्सि बाटो तल खस्दा सत्यवति माविकाे भवनमा क्षति पुगेको छ । माथिल्लो भवनको ३ वटा काेठाकाे पर्खाल भट्किएकाे छ भने कक्षा शिशु काे भुई बसाइ, शैक्षिक सामग्री, खैलाैना, दराज लगायतका सम्पूर्ण सामग्रीमा क्षति भएको छ । अन्य मानवीय क्षति भने भएकाे छैन । डाेजर मालिकले विधालयमा भएको क्षती व्याहाेर्ने सहमति पश्चात् डाेजरलाई छाेडिएकाे विधालयका प्रअ अर्जुन मरासिनीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update