Erani Mahal
रामपुरमा जेष्ठ नागरिक जमघट हुने मिलन केन्द्र स्थापना
cccc
पाल्पा - रामपुर नगरपालिकाले बजार क्षेत्रका जेष्ठ नागरिकलाई लक्षत गर्दै जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सन्चालनमा ल्याएको छ । रामपुर बजारमा रहेको राधा कृष्ण मन्दिर संगको समन्वयमा नगरपालिकाले बस्ने, बजाउने र वृद्धहरुलाई जमघट गरेर रमाउने वातावरण बनाएको हो । उमेरले पाको समुदायका जेष्ठ नागरिकहरुलाई घरमा बस्न दिक्क लाग्ने, कुरा गरेर बस्न अहिलेका पुस्ता काममा लाग्नुपर्ने र जिवनका गर्विलो इतिहासका साक्षी वृद्धहरु भलाकुसारी गरेर खुशीका साथ दिन विताउन सहज होस् भनेर दिवा सेवा तथा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाद्दारा जेष्ठ सदस्य मिलन केन्द्रलाई आबश्यक कार्पेट, सुशन, पर्दादेखि तातोपानी चिया खानलाई ग्यास चिसोपानीको लागि माटाको घैटी, बजाउने बाद्यबादनका सामाग्री हस्तान्तरण गरिएको हो । दिनभर सुते रातीमा निन्द्रा नपर्ने चिन्ताले दिउँसो घरमा नै बस्ने उनीहरु दिउसोको समयमा आफ्ना उमेर समुहका दौतरी संग विगतका अनुभवह साटासाट गर्न, भलाकुसारी गर्ने, भजन कृतन गर्न, धार्मिक पुस्तकहरु अध्ययन गर्न सकिने गरि रमाईलो गरेर दिन बितोस् भनेर रामपुर नगरपालिका संरक्षक रहने गरि राधाकृष्ण मन्दिरमा मिलन केन्द्र स्थापना गरेको हो । वृद्ध जमघट थलो तथा जेष्ठ नागरिक मिलन केन्द्र मन्दिर संचालन समितिलाई हस्तान्तरण गर्दै मिलन केन्द्र संरक्षण समितिका संयोजक तथा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जिम्मेवार र कामको लोडले कतिपय सन्तानले अभिभावकलाई हेर्न नभ्याउने, कतिपय सन्तानबाट बुवाआमाले सुख नपाउने अबस्था सिर्जना हुनु नितान्त नाजुक स्थिती भएको बताउनुभयो। जेष्ठ नागरिक जिउँदो भगवान् हुन् थापाले भन्नुभयो-उहाँहरुलाई खुशी राख्न र सेवा गर्न सकेमात्र सच्चा नागरिक बन्न सकिन्छ । घरमा नै बस्नु र सुत्नु पर्दा मनमा धेरै कुरा खेल्ने हुदा नगरमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिएको र यो वडागत रुपमा जमघट थलो बनाउदै लगिने उहाले बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले संस्कृतिहरु हराउँदै गएको समयमा संरक्षणको लागि जेष्ठ नागरिकहरुको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । सरकारले अवलम्बन गरेको निती अनुसार आफ्ना दौतरी संगै भलाकुसारी गरेर दिन विताउन सहज होस् भन्ने लक्ष्यले केन्द्र सञ्चालन गरिएको उहाले बताउनुभयो । पायक पर्ने स्थानका जेष्ठ नागरिक आउनुस्, सुखदुखका अनुभव र निरन्तर भजन कृतनबाट आनन्द लिएर मन प्रफुल्ल बनाउनुहोस् । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले जिवनको पाको उमेरमा गन्थनको चौतारीले जेष्ठ नागरिकलाई मिलन केन्द्रले ठूलो सहयोग गर्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले घरमा मात्र एक्लै बस्दा वृद्धवृद्धाहरुमा एक्लो पन महसुस हुने भएकाले रमाईलोका साथ दिन विताउन सहज होस् भन्ने लक्ष्यका साथ मिलन केन्द्र सञ्चालन गरिएको बताउनुभयो । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमारी वाग्लेले बजारको मन्दिरलाई जेष्ठ नागरिक मिलन केन्द्र बनाएर सामाग्री प्रदान गर्नुभएकोमा धन्यवाद दिदै दिगो सञ्चालनमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । नगरपालिकाका महिला विकास निरिक्षक प्रतिमा मल्लले मन्दिरको हललाई प्रयोग गरी नगरपालिकाले आवश्यक भजन कृतनका सामाग्री, धार्मिक पुस्तक, खेल सामाग्री, चियानास्ताको लागि सामान र बस्ने बसाईको व्यवस्था गरेको बताउनुभयो । नगरपालिकाका सहायक महिला विकास निरिक्षक पुजा परियारले मिलन केन्द्र व्यवस्थापनमा कार्पेट विछ्याएर २५ वटा कुशन दिइएको, भजनकृतनका लागि एक थान टेवल, मजुरा ३ जोडी, करताल २ जोडी, झ्याली १ वटा, खैजडी सानो ३ वटा र ठूलो २ वटा, धार्मिक पुस्तक ३० वटा, रुद्राक्ष माला, खेलको लागि लुडो पनि दिइएको बताउनुभयो । साथै, तातोचिसोको लागि चियापानको चुल्हो सेट, माटाको घैटो र अन्य भाँडाहरु पनि दिएको छ । मिलन केन्द्र स्थापनाको अबसरमा सहभागिले नगरपालिका प्रमुख, उपप्रमुख सहित कर्मचारीलाई भजन कृतनमा नचाउनुभएको सहायक महिला बिकास अधिकृत सिर्जना रेग्मीले जानकारी दिनुभयो।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update