Erani Mahal
प्याव्सन पाल्पाद्वारा २ सय ५१ शिक्षक कर्मचारीलाई राहत प्रदान
p1
पाल्पा– नीजि तथा आवासिय विद्यालय अर्गानाइजेशन नेपाल प्यावसन पाल्पाद्वारा लकडाउनबाट प्रभावित बनेका शिक्षक, कर्मचारीहरुलाई राहत प्रदान गरेको छ । कोभिड १९ को संक्रमणको कारण शैक्षिक सस्थाहरु बन्द रहेकाले केही मात्रामा भएपनि राहत दिनको लागि खाध्यान्न राहत प्रदान गरिएको प्यावसन पाल्पाका अध्यक्ष भरत प्रसाद न्यौपानेले बताउनुभयो । प्यावसनले नीजि तथा संस्थागत विद्यालयमा कार्यरत २ सय ५१ जना शिक्षक, कर्मचारीलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको कोषाध्यक्ष गंगाबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार २५ केजी चामल, २ किलो दाल, २ लिटर तेल, आधा दर्जन सावुन र १ केजी नुन दिइएको हो । जिल्लामा ४५ वटा संस्थागत विद्यालयमा ९ सय ३७ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्यावसन प्रदेश नं. ५ का सल्लाहाकार खेमबहादुर सारुले लकडाउनले सबैभन्दा बढी प्रभावित विद्यालय परेको र त्यसमा पनि नीजि विद्यालयका शिक्षक कर्मचारीहरु बढी प्रभावित बनेको बताउनुभयो । उहाँले चार महिना लामो लकडाउनले गर्दा समस्यामा परेका शिक्षक कर्मचारीलाई ढिलै भएपनि राहत प्रदान गरेकोमा प्याव्सन पाल्पालाई धन्यवाद दिनुभयो । प्यावसन पाल्पाका अध्यक्ष भरत प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव डाँसुराम पन्तले गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update