Erani Mahal
पाल्पामा काेराेनालाई जितेर घर जानेकाे संख्या ५९ पुग्याे
aaa
पाल्पा - पाल्पामा काेराेना जितेर घर जाने मानिसकाे संख्या बढेकाे छ । पाल्पाका विभिन्न क्वारेन्टाइनमा काेराेनाकाे उपचार गरिरहेका थप १२ जनाले काेराेना भाइरसलाइ जितेर घर फर्किएका हुन् । याेसँगै काेराेना जिन्तेकाे संख्या ५९ पुगेकाे छ । पाल्पामा कोरोना पोजेटिभ देखिएर निको हुनेहरुमा माथागढी गाउँपालिककाका ३ जना, रामपुर नगरपालिकाका २, पूर्वखोला १, रैनादेवी छहराका १८, रम्भा गाउँपालिकका २५, बगनासकालीका १, तिनाउका ०, रिब्दीकोटका ४, निस्दीका ३ तानसेनका ० जना रहेका छन् । यस्तै अन्य अस्पतालमा भर्ना भएका अरु जिल्लाका २ जना गरी कुल ५९ जनामा कोरोना जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update