Erani Mahal
पाल्पाका ५ सय ४७ कोरोना संक्रमित : कुन–ठाउँका ?
yt
पाल्पा– पाल्पामा कोरोना भाइरस कोभिड १९ पोजेटिभको संख्या ५ सय ४६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद पन्थीका अनुसार पाल्पाका कुल ४ सय ४७ जनामा कोरोना पोजिेटिभ देखिएको हो । पन्थीका अनुसार पाल्पामा उपचारको क्रममा आएका बाहिरी जिल्लाका ३ जना रहेका छन् । उहाँका अनुसार पाल्पामा कोरोना जितेर ५९ जना घर फर्किएका छन् । माथागढी गाउँपालिककाका ३० जना, रामपुर नगरपालिकाका ११४, पूर्वखोला १५९, रैनादेवी छहराका ३८, रम्भा गाउँपालिकका ४०, बगनासकालीका ४२, तिनाउका ८, रिब्दीकोटमा ५, निस्दीमा ९५, तानसेनमा १३ जना रहेका छन्, यस्तै अन्य अस्पतालमा भर्ना भएका अरु जिल्लाका ३ जना गरी कुल ५४७ जनामा कोरोनाको लक्षण देखिएको स्वास्थ्य प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । बुधवार दुईजना थपिए पाल्पामा बुधवार पाँचबजेसम्म बगनासकालीका १ र रम्भाका १ जना गरी कुल संक्रमितको संख्या ५ सय ४७ पुगेको हो । ५९ जनाले कोरोना जितेर घर फर्किए पाल्पामा कोरोना पोजेटिभ देखिएर निको हुनेहरुमा माथागढी गाउँपालिककाका ३ जना, रामपुर नगरपालिकाका २, पूर्वखोला १, रैनादेवी छहराका १८, रम्भा गाउँपालिकका २५, बगनासकालीका १, तिनाउका ०, रिब्दीकोटमा ४, निस्दीमा ३ तानसेनमा ० जना रहेका छन्, यस्तै अन्य अस्पतालमा भर्ना भएका अरु जिल्लाका २ जना गरी कुल ५९ जनामा कोरोना जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update