Erani Mahal
पाल्पाकाे  तिनाउ-दोभानमा शहीद अविरल उद्यान बन्दै
tina
पाल्पा- तिनाउ गाउँपालिका-२, दोभानमा शहीद उद्यान निर्माण शुरु गरिएको छ । तत्कालीन सशस्त्र द्वन्द्वमा पाल्पा सत्यवतीका १४ वर्षीय बालकलाई तत्कालीन शाही सेनाले हत्या गरेको थियो । शहीद अविरलका सम्झनामा अविरल उद्यान निर्माण गरी पर्यटकीय गन्तव्य बनाउन लागिएको गाउपालिकाले जनाएको छ । तिनाउ गाउँपालिका-२, दोभानले चालु आर्थिक वर्ष २०७६/०७७ सम्म रु २८ लाख लगानीमा उद्यान निर्माण थालेको हो । उद्यानभित्र अविरलको शालिक निर्माण गरिएको छ । उद्यानभित्र गोली लागेको ढुङ्गा सुरक्षितसाथ राखिएको छ । उद्यान क्षेत्रमा शौचालय, ट्रस र खानेपानीका धारा निर्माण गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । साना बालबालिकालाई रमाउन उद्यानमा मनोरञ्जनको व्यवस्था गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । स्थानीय बासिन्दा चक्रव्यूह थापाले उद्यान निर्माणले शहीद अविरलको सम्मान भएको बताउँदै सो क्षेत्र आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । तिनाउ गाउँपालिका क्षेत्रमा धार्मिक तथा पर्यटकीयस्थललाई पर्यटकीय गन्तव्य बनाउन सकिने गरी आगामी आर्थिक वर्ष २०७७/०७८ मा कार्यक्रम ल्याइएको छ । पालिकाले सिद्धबाबा मन्दिर, नुवाकोट, सत्यवतीताल, सुकेताल, वसन्तपुर, गड्डा, हात्तीकोट, झ्याङ्ला, जन्तिलुङ, मरामकोट, झिगामारा, ठुलिउदाङ र गिन्टार कचलफाँट क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने छ । रामापिथेकस उद्यान प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको छ । नुवाकोटमा उजिरसिंह थापा, मणिमुकुण्दसेन स्मृति उद्यान, सांस्कृतिक डबली निर्माण सम्पन्न गर्न थप सहयोग गरिने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update