Erani Mahal
निस्दी झिरुबासका असाह्य साेतीलाइ भारतमा रहेका स्थानीय युवाद्वारा सहयाेग
nis
पाल्पा, निस्दी गाउँपालिका झिरुबासका असहाय तथा गरिव व्यक्तिलाई प्रवासी नेपाली समुहले सहयोग गरेको छ । रोजगारीको सिलसिलामा भारतको पंजाबमा रहँदै आएका नेपालीहरुको समुहले झिरुबासका तुल सिं सोतीलाई १५ हजार ४ सय नगद सहयोग गरेको छ । निस्दी गाउँपालिका वडा नम्बर ३ झिरुबास, भलुवा स्थायी निबासी ५९ वर्षीय सोतीको घर गत असार ११ गते अविरल वर्षाका कारण भत्किएको थियो । सोती विगत ९ वर्षदेखि परिवारमा एक्लै बस्दै आउनुभएको छ। घरको अवस्था अत्यन्तै नाजुक देखेर आफुहरुले सकेको सहयोग गरेको प्रवासी बचत परिचालन समुहका अध्यक्ष चाम बहादुर सुनारीले बताउनुभयो । सहयोग रकम सोमबार समुहका सचिव निराज सोमै र साथीहरु गएर स्थानीय समुदायको रोहवरमा बुझाएका थिए । चुनावको बेलामा सबै पार्टीले भोट माग्न आउने तर अहिले दुख पर्दा कसैले वास्ता नगरेको पीडित सोतीले दुखेसो पोख्नुभयो , अहिलेसम्म कुनै संघ संस्था , सरकारी कार्यालय कसैले सहयोग गरेको छैन । सोती अहिले स्थानीय छिमेकीको घरमा बस्दै आउनुभएको छ। सोती बस्दै आएको घर धेरै पुरानो भएकोले स्थानीय समुदाय मिलेर अर्को सामान्य घर बनाइदिने स्थानीय समाजसेवी प्रेम कुमार सोतीले बताउनुभयो । हेक्का रहोस प्रवासी बचत परिचालन सुहले यसभन्दा अगाडि गाउँ- गाउँमा धेरै उदाहरणीय सहयोग गर्दै आएको छ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update