Erani Mahal
तिनाउको सातौं गाउँसभा सम्पन्न : तीन वर्षभित्र नमूना गाउँपालिका बनाउने घोषणा
11111111
पाल्पा– तिनाउ गाउँपालिकाको सातौं गाउँसभाले आगामी तीनवर्ष भित्र नमुना गाउँपालिका बनाउने घोषणा गर्दै सम्पन्न भएको छ । २०७७ असार ८ गते प्रदेश सांसद तुलाराम घर्तीले उद्घाटन गर्नुभएको थियो । गाउँसभामा अध्यक्ष ओमबहादुर घर्तीको नीति तथा कार्यक्रम, उपाध्यक्ष दमयन्ती थापाको बजेट प्रस्तुत गर्नुभएको बजेट सुझाव सहित पारित गरिएको छ । त्यसपछि कृषि, शिक्षा, पशु, सहकारी लगायतका विषयगत कार्यालयका बजेटहरु समेत पारित भएका छन् । गाउँसभा समापन कार्यक्रममा सदस्यहरु अमर तरामु, चुन्न बहादुर विष्ट, रामबहादुर पल्ली, शान्ति विक, हेमबहादुर दर्लामी लगायले आ-आफ्नो जिज्ञाशा राख्नुभएकाे थियाे । गा.पा. अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दमयन्ती तथा, प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्षहरु रोमबहादुर लम्तरी, दानबहादुर गाहा, दलबहादुर दर्लामी र टोम बहादुर पुनले समापन मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रको संचालन प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले गर्नुभएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update