Erani Mahal
पाल्पा उद्योग वाणिज्यसंघ द्वारा हार्थोक, छहरा र अर्गलीमा निशुल्क औषधी वितरण
p1 (3)
पाल्पा– पाल्पा उद्योग वाणिज्यसंघ द्वारा हार्थोक छहरा र अर्गलीमा औषधी वितरण गरेको छ । महामारी जन्य रोग नियन्त्रणको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी निशुल्क रुपमा वितरण गरिएको संघका अध्यक्ष राजु महर्जनले रानीमहललाई बताउनुभयो । उहाँका अनुसार संघले अहिलेसम्म पाल्पामा ५ हजार बढी परिवारलाई औषधी वितरण गरेको बताउनुभयो । संघका स्थानीय टोल सदस्य तथा जिल्ला अध्यक्ष राजु महर्जन, पूर्व अध्यक्ष मोहन श्रेष्ठ, उपाध्क्ष यादव सिंह कार्की, महासचिव शैलेन्द्र भट्टराई लगाएतको टोलीले हार्थोक, छहरा, बतासे, अर्गली लगाएतका स्थानीयलाई औषधी वितरण गरिएको संघका महासचिव शैलेन्द्र भट्टराईले रानीमहललाई बताउनुभयो । नेपाल मारवाडी सेवा समितिद्वारा निशुल्क रुपमा वितरित आरर्सिनिक एल्भो नामको होमियो प्याथिक औषधीहरु वितरण गरिएको उपाध्यक्ष यादव सिंह कार्कीले बताउनुभयो । यो औषधी खाँदा कुनै साइड इफेक्क नगर्ने र जुनसुकै रोगका विरुद्ध लड्नका लागि शक्ति बढाउने भएकाले संघको सामाजिक उत्तरदायित्व पूरा गर्न औषधी वितरण गरिएको पूर्व अध्यक्ष मोहन प्रसाद श्रेष्ठले रानीमहललाई बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update