Erani Mahal
पाल्पामा थप १४ जना काेराेना पुष्टि, कुल संक्रमितकाे संख्या पाँच सय ३४ पुग्याे
PCR Test Machine
पाल्पा - पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रैनादेवी छहरा गाउँपालिकाका ५, बगनासकाली गाउँपालिकाका ७ र तानसेन नगरपालिकाका २ जना गरी १४ जनालाइ काेराेना संक्रमण पुष्टि भएकाे हाे । याेसँगै पाल्पामा संक्रमित हुनेकाे संख्या ५३४ पुगेकाे छ । संक्रमितमध्ये १ महिला र १३ जना पुरुष रहेका छन् । संक्रमित सबै भारतबाट आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । पाल्पामा एक जनाकाे मृत्यु भएकाे छ भने १८ जना काेराेना निकाे भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update