Erani Mahal
निस्दी अर्चलेमा गाउँपालिका र ओकेबाजेको सहयोगमा बालकक्षा भवन निर्माण
ok
पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,सात्दोबाट पाल्पामा बाल बिकास केन्द्र सन्चालनका लागि भवन निर्माणकार्य सम्पन्न भएको छ । जापानीज सामाज सेवी काजुमासा काकिमी (ओके बाजी) र निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोगमा बाल कक्षा निर्माण भएको हो । विद्यालय जान नसकेका बालबालिकाहरुलाई लक्षित गरि बनाइएको भवन निर्माणमा ओके बाजेको २ लाख ५० हजार ,गाउँपालिकाको १ लाख ८० हजार रुपैयाँको अनुदान र स्थानीय जनश्रमदानमा सम्पन्न भएको हो । जम्मा ७२ घर रहेको सात्दोबाट गाउँबाट नजिकको सिन्दुर आधारभूत विद्यालयमा पुग्न करिब आधा घण्टा समय लाग्छ । सामुदायिक विद्यालयमा जान तयारी अवस्थामा रहेका बालबालिकाहरुको लागि आफुले सहयोग गरेकोले कलम समाउन र अक्षर चिन्न सहज हुने ओके बाजेले बताउनु भएको थियो । गाउँमा समुदायमा आधारित बाल कक्षा सन्चालन हुने भए पछि सा-साना बालबालिकाहरुलाई टाढा जान नपर्ने नौलो बिहानी स्वास्थ्य आमा समूहका अध्यक्ष केशमाया सुनारले बताउनुभएको छ । भवन निर्माणमा ओके बाजी र भवन प्लाष्टर गर्न र चर्पी निर्माणमा गाउँपालिकाले सहयोग गरेका थिए । यसैबीच बाल कक्षा सन्चालनमा सहयोगी कार्यकर्ताको लागि ५० हजार ओके बाजि र ५० हजार स्वास्थ्य आमा समूहको ५० हजार गरि कुल १ लाख रुपैयाँको अक्षयकोष स्थापना समेत गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update