Erani Mahal
सेवाग्राहीकाे चापलाइ मध्यनजर गर्दै निस्दी गाउँपालिका विहान ७ बजे खुल्ने
nisd
पाल्पा- सेवाग्राहीकाे चापलाइ मध्यनजर गर्दै निस्दी गाउँपालिका विहान ७ बजेदेखि खुल्ने भएकाे छ । असार मसान्तर नजिक आउँदै गर्दा सेवा ग्राहीहरुकाे चाप बढेकाे र याेजनाहरुकाे समयमै भुक्तानी तथा फरफारककाे लागि विहान ७ बजेदेखि नै कार्यालय खुल्ने निर्णय गरेकाे गाउँपालिकाले जनाएकाे छ । सेवा प्रवाहको लागि असार १९ गतेबाट २३ गतेसम्म बिहान ७: ३० देखि साँझ ५:०० बजेसम्म कार्यालय खुल्ला रहने प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले रानीमहललाइ बताउनुभयो । असारको अन्त्यमा पनि योजना फरफारक गर्नेहरुको दैनिक भिडभाड हुने गरेकोले सेवाग्राहीलाई थप सहज बनाउन कार्यालय समय थप गरेको अर्यालले बताउनुभयो । कोभिड १९ कोरोना भाइरसका कारण यस वर्ष धेरै योजनाको काम ढिलो गरि संचालन भएकोले पनि निस्दीमा सोचे अनुसार काम हुन नसकेको अध्यक्ष मुक्त बहादुर सारुले रानीमहललाइ बताउनुभयो । दिउँसोको समयमा मात्रै कार्यालय संचालन गर्दा सेवाग्राहीले धेरै समय पर्खिनु पर्ने भएकोले सबैको सहजताको लागि बिहानैदेखि कार्यालय खुल्ला हुने लेखा अधिकृत सरोज काफ्लेले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update