Erani Mahal
तिनाउँ सत्यवतीका किसानलाई तेजपात प्रशोधन मेसिन प्रदान
d
पाल्पा– जिल्लाको तिनाउँ सत्यवतीका किसानलाई तेजपात प्रशोधन मेसिन प्रदान गरिएको छ । डिभिजन बन कार्यालय पाल्पाको सहयोगमा तथा स्वास्थ्य सीपमूलक शैक्षिक बिकास केन्द्र पाल्पाले तिनाँउ ४ सत्यवतीका किसानलाई उक्त मेसिन हस्तान्तरण गरेको हो । तिनाउँमा तेजपातबाट समेत लाखौं आम्दानी गर्न सक्ने किसानहरु भएकाले प्याकेजिङ्ग र प्रशोधन गरेर बजारमा लैजान सकेकमा अझै मूल्य आउने भएकोले मेसिन वितरण गरिएको तिनाउँ सव डिभिजन वन कार्यालयका प्रमुख चन्द्र रानाभाटले रानीमहललाई बताउनुभयो । तेजपात प्रशोधन गर्न र प्याकेजिङ गर्न ६२ घरलाई तीन समूह बनाइ ३÷३ वटा दुबै खाले मसिन हस्तान्तरण गरिएको स्वास्थ्य सीपमुलक शैक्षिक विकास केन्द्रका प्रमुख रामबहादुर राउतले रानीमहललाई जानकारी दिनुभयो । उहाँले किसानलाई मेसिन प्रदान गर्नका साथै उद्दमशिलता बिकास तालिम समेत प्रदान गरेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update