Erani Mahal
वर्षासँगै गुल्मीमा पहिराे : एक बालककाे मृत्यु, एक बेपत्ता, ५ घाइते
pahiroo
गुल्मी- लगातारकाे वर्षादसँगै गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । अन्य पाँच जना घाइते भएका छन् । गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको हो । यस्तै सोही ठाउँ बस्ने ईश्वरी खत्रीको घर पहिरोले बगाउँदा उहाँकी ७ वर्षीया छोरी अपेक्षा खत्री वेपत्ता हुनुभएकाे छ । डीएसपी पन्तका अनुसार ईश्वरी खत्री गम्भीर घाइते भएका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सो ठाउँमा पहिरो गएको र उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको डीएसपी पन्तले बताउनुभयाे । ‘हाँडीखोलामा पनि एक जना वेपत्ता’ पहिरोमा पुरिएर मुसिकोट नगरपालिकाको हाँडीखोलामा पनि एक जना वेपत्ता भएको सूचना आएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिनुभयाे । गुल्मीको इश्मामा अहिले पनि पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रजिअ शर्माले बताए । प्रजिअ शर्माले अनलाइनखबरसँग भने, ‘बाटाहरु सबै अवरुद्ध छन् । पानी परिरहेको छ । बाटो बनाउँदै जानुपर्दा अप्ठेरो भएको छ ।’ विद्यालय भवन पुरियो इश्मा गाउँपालिका–४ मा रहेको एक सामुदायिक विद्यालयमा पहिरोले क्षति गरेको छ । डीएसपी पन्तका अनुसार पहिरोले कालिका निमाविको नौ वटा कोठा पुरिदिएको छ । उनका अनुसार सोही क्षेत्रमा पहिरोका कारण १३ घर परिवार जोखिममा छन् । अविरल वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएका कारण उद्धारका लागि घटना स्थलसम्म पुग्न कठिनाइ भइरहेको उहाँले बताउनुभएकाे अनलाइनखबरमा खबर रहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update