Erani Mahal
पाल्पामा काेराेना संक्रमित हुने दर घट्याे, काेराेना जितेर घर जाने बढ्ने !
tt
पाल्पा – पाल्पामा दश दिनअघिदेखि निरन्तर उकालो लागेको कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो ३ दिनयता भने कम हुँदै गएको छ । पाल्पामा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो तीन दिनयता घट्दो छ । चार दिनअघिसम्म झण्डै पाँच सय हाराहारीमा संक्रमितको संख्या रहेकोमा उक्त संख्या सुस्तसुस्त बढेर ५ सय नाघेको छ । एक दिनअघि दुइ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार संक्रमितको संख्या नभएको जनाएको छ । बुधबारसम्ममा पाल्पामा कुल संक्रमितको संख्या ५१६ पुगेको छ । तीमध्ये एक जनाको मृत्यु भइसकेको छ भने एक जना बिरामीलाई बुटवल रिफर गरिएको छ । १८ जना घर फर्किएका छन् । बाँकीको स्वास्थ्य अवस्था सामान्य छ । अब पाल्पाको पीसीआर रिपार्ट आउन बाँकी २ सय बढी छ । पछिल्लो तीन दिनयता पीसीआर जाँचको संख्या बढी भएपनि नेगेटिभ रिपोर्ट आउनेको संख्या बढी छ । जबकी यसअघि हरेक सय जनामा २५,३० जना संक्रमित देखिएका थिए । तीमध्ये पनि खासै संक्रमित हुने सम्भावना नरहेको स्वास्थ्यकर्मीको दावी छ । अहिले पाल्पाको तथ्यांक केलाउने हो भने हरेक एक सय जनामा १५ जनामा संक्रमण देखिएको छ । अब यो दर पनि घट्ने निश्चित जस्तै छ । पछिल्लो समय भारतबाट नेपाल फर्कने मानिसको संख्या घटेको र क्वारेन्टाइनमा बस्ने मानिसको संख्या समेत कम हुँदै गएको छ । यसले पनि कोरोना संक्रमितको संख्या घट्ने दावी गरिएको छ । अबभने कोरोना संक्रमितको संख्या कम हुने र निको हुने मानिसको दर बढ्ने देखिन्छ ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update