Erani Mahal
रामपुरमा तुलसीकाे विरूवा वितरण
106372546_330853267925824_4345691870865653948_n
पाल्पा -शिवसेना नेपाल रामपुर पाल्पाले हरिसयनी एकादशीको दिन रामपुर बजार क्षेत्र र बजार बेझाड आसपासका गाउघरमा पुगेर तुलसीको बिरुवा बितरण गरेको छ । एकादशीको बिहानै शिबसेनाका युवाहरुले गाडी मार्फत बिरुवा गाउँ टोलमा पुर्‍याएका हुन् । शिबसेना रामपुर विधि पुर्वक पुजाआजा गरि समस्त नगरबासीलाई "तुलसी रोपौ बाताबरण स्वस्थ बनाउ, दिर्घायु बनौ" भन्ने नारा सहित तुलसी को बिरुवा बितरण गरेको शिबसेना रामपुरका रामचन्द्र भट्टराईले बताउनुभयो । समितिले घरघर तुलसी बितरण कार्यक्रम अन्तर्गत रामपुरका केही वडामा बितरण गरेको थियो भने बजार क्षेत्रमा आउनुभएका अन्य स्थानका नागरिकलाई पनि तुलसीको बिरुवा उपलब्ध गरेको नगर अध्यक्ष हुम बहादुर शाहीले बताउनुभयो । बैदिक सनातन धर्मको रक्षार्थ तथा जीवनमा बहुउपयोगी एवं बैज्ञानिक रुपना स्वास्थ्यलाभ मिल्ने तुलसी आज एकादशीको दिन पारेर बितरण गरेको शिबसेना रामपुरका अमृत काफ्लेले बताउनुभयो । विशेष गरेर तुलसीको बिरुवा रोपण तथा भगवान बिष्णुको पुजा आराधना उपबास बसेर एकादशी मनाइन्छ ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update