Erani Mahal
अनुदानमा किसानलाई हाते ट्रेक्टर प्रदान
2222
पाल्पा - निस्दी गाउँपालिकाका कृषकहरुले अनुदानमा मिनिटिलर हाटे ट्याक्टर पाएका छन् । निस्दी गाउँपालिका कृषि शाखाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको कृषि शाखा संयोजक खिमराज कोइरालाले बताउनुभयो। निस्दीका ११ जना कृषक , कृषक समुहलाई ट्याक्टर वितरण गर्नुहुँदै निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले अनुदानमा पाएको आधुनिक कृषि औजारबाट खेतीपाती गरेर आत्मनिर्भर हुन अनुरोध गर्नुभएको छ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update