Erani Mahal
अंशुवर्मा मावि निस्दी सहलकोटकाे विव्यस गठन : अध्यक्षमा लामिछाने
बलकगदबचःब
पाल्पा - अंशुवर्मा माध्यमिक विद्यालय निस्दी २ सहलकोट पाल्पामा अभिभावक भेला बसेको छ । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पुर्ण बहादुर थापा बाकाबलको अध्यक्षता बसेको भेलाको मुख्य पाहुना जिल्ला समन्वय समितिका सदस्य खर्गती राना रहेनु भएको हो । भेलाले देबिलाल लामिछानेको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ। समितिका अन्य सदस्यहरुमा मन बहादुर राना,पार्वती बाकाबल,भिमा कुमारी सारु,जिवलाल पुलामी,रिमा नेपाली ,पुर्ण बहादुर थापा बाकबल,कुल बहादुर राना मगर र सदस्य सचिव प्रधानाध्यापक पहल सिंह सिंजाली रहनु भएको छ । त्यसैगरि भेलाले यम बहादुर मस्राङ्गी को अध्यक्षता मा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन पनि गरेको छ। नव निर्वाचित अध्यक्ष देविलाल लामिछानेले समितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको विद्यालयको शैक्षिक प्रगतिमा सम्बन्धित सरोकारवालाहरुको जिम्मेवारी महत्त्वपूर्ण हुने भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update