Erani Mahal
रोटरी क्लव अफ् पाल्पाको स्थापना दिवश तथा पद हस्तान्तरण
106303609_276844290189324_1880416979759247298_n
पाल्पा । रोटरी क्लव अफ् पाल्पा तानसेनको २० अैा स्थापना दिवश तथा पद हस्तान्तरण कार्यक्रम तानसेनमा भएको छ । क्लवका वर्ष २०१९।२० का अध्यक्ष मधुदयाल सैंजुको अध्यक्षतामा भएको कार्यक्रममा वर्ष २०१९ को गतिविधिहरुको बारेमा अध्यक्ष सैंजुले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अतिथिहरु डिजि एजाज आलम र खिमानन्द भट्टराई रहनुभएको थियो । उहाँहरुले स्थापना दिवश र नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष छत्रराज शाक्य, संस्थापक सचिव तथा पूर्व अध्यक्ष बुद्धि प्रसाद शर्माले क्लवको योगदान र कामका बारेमा प्रकाश पार्नुभयो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष जगन्नाथ अर्यालले धन्यवाद दिनुभएको थियो । भर्चुअल र लाइभ दुवै विधिको प्रयोग गरी गरिएको कार्यक्रममा वर्ष २०२०।२१ का लागि शिव प्रसाद देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमितिको समेत चयन गरेको छ । २० वर्ष अगाडि स्थापना भएको क्लवले पाल्पामा विभिन्न सामाजिक, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण संरक्षण लगाएतका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाका सचिव शैलेन्द्र भट्टराईले कार्यक्रम चलाउनु भएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष बंकिम चन्द्र खनाल, उत्पल कुमार बज्राचार्य, कृष्ण बहादुर रावल, मोहन श्रेष्ठ, जगन्नाथ अर्याल लगाएतका रोटरीयन सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष शिव देवकोटाले भावी कार्यक्रम, बजेट समेत पेश गर्नुभएको थियो । उहाँलाइ संस्थापक अध्यक्ष शाक्य र सचिव शर्माले पद तथा गाेपनियताकाे सपथ खुवाउनु भएकाे थियाे । यस्तै निवर्तमान अध्यक्ष सैंजुले पद हस्तान्तरण गर्नु भएकाे थियाे ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update