X

कालीगण्डकी फाउण्डेशनद्वारा किसानलाई बाँदर धपाउने उपकरण प्रदान

रानीमहल संवाददाता || १३ असार २०७७,शनिबार ०९:३५

पाल्पा-रामपुर नगरको माथिल्लो भाग तथा फाँटको कालीगण्डकी नदी किनार जंगल संग जोडिएका बस्तीका कृषकका लागि कालीगण्डकी फाउण्डेशन नेपालले बाँदर धपाउने यन्त्र वितरण गरेको छ ।

कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी तथा फलफुल बाँदर आतंकले सखाप पार्न थालेपछि समस्यामा रहेका कृषकहरुको सहजताको लागि नगरपालिका र वडाहरुमा समन्वय गरी सस्थाले उपकरण वितरण गरेको हो । रामपुर ५ बेझाँडका जायश्वर पाण्डे र तिर्थ पाण्डे (दाजुभाई) ले तयार गरेको उपकरण फाउण्डेशनले बाँदर प्रभावित टोलमा एक /एक वटाको दरले वितरण गरेको हो ।

पाण्डे दाजुभाईले साढे २ फिट लामो ४ इन्च र ३ फिट लामो २. ५ इन्चको पिभिसी पाईप जोडेर तयार गरेको उपकरण एकहप्ता अघिनगरपालिकाले इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयको रहोबरमा परीक्षण गरेको थियो । परिक्षण पश्चात थप निर्माण गर्न लगाई फाउण्डेशनले नगरपालिका संग समन्वय गरी कृषकहरुलाई वितरण गरेको हो । पहिलो चरणमा शुक्रबार फाउण्डेशनको कार्यालय रामपुर ५ नहर अफिसमा कार्यक्रम गरी वडा नं. १, ३, ४, ५ र ७ का कृषकहरुलाई वितरण गरिएको छ ।

कृषकहरुलाई यन्त्र हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विगतका वर्ष देखि बाँदर आतंक रोक्न नगरले बजेट विनियोजन गरे पनि उपयुक्त सामाग्री खरिद गर्न नसकिएको बताउनुभयाे । उहाँले स्थानीय युवाहरुले तयार गरेको यन्त्रले कृषकहरुलाई राहत मिल्ने विश्वास लिए । फाउण्डेशनले गरेका कामको प्रशंसा गर्दै नगर प्रमुख थापाले कृषकहरुलाई यन्त्रको सहिसदुपयोग गर्न आग्रह गर्नुभयाे । थापाले नगरपालिकाले यन्त्रहरुको प्रयोगको अवस्था, प्रभावकारीता बारे नगरले निगरानी राख्ने बताउनुभयाे । साथै थापाले बाँदर आतंक नियन्त्रणका लागि नगरपालिकाले आवश्यक कदम चाल्ने बताउनुभयाे ।

कार्यक्रममा डिजिटल माध्यमबाट जोडिएका कालीगण्डकी फाउण्डेशनका सल्लाहाकार सन्दिप रानाले पुस्तौ देखि झेल्दै आएको समस्या समाधानमा केही हद सम्म राहत मिल्ने बताउनुभयाे । उहाँले विदेश पलायन भैरहेका युवा पछिल्लो समय गाउँ फर्किने क्रम बढेको भन्दै उनीहरुलाई कृषिमा व्यवसायिक बन्न यन्त्र उपकरणले थप उत्प्रेरणा जगाउनेबताउनुभयाे ।

नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले कृषकहरुले विगत देखि पशु चौपायाको सिङ, पाईप फुकेर वा भाँडा बजाएर धपाउने प्रयास गरेकोमा यस उपकरणले थप टेवा पुग्ने बताउनुभयाे । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले युवाहरुले कृषकहरुको सहजताको लागि गरेको प्रयास अति सह्रानीय रहेको बताउनुभयाे ।

कार्यक्रममा यन्त्र निर्माण गर्ने युवा जायश्वर पाण्डेले उपकरणको प्रयोग र प्रभावकारीताका बारेमा बताएका थिए । रामपुर ७ का कृषक कर्ण बहादुर लुईटेलले माथिल्लो भागको बस्ती पातलिदै जाने र बनहरु बढ्दै जाँदा बाँदर लगायत अन्य वन्यजन्तुले निकै सास्ती दिने गरेको बताउनुभयाे । उहाँले उपकरणले केही भए पनि राहत मिल्ने विश्वस लिएको बताउनुभयाे । सो उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बाेहाईड’ र पानीको मिश्रण राखेर पछाडीबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने विश्वास लिईएको छ ।

फाउण्डेशनले पहिलो चरणमा ५० वटा र पछि ५० वटा गरी एक सय यन्त्र वितरण गर्न लागेको संस्थाका उपाध्यक्ष पवित्रा पौडेल ढकालले बताईन् । सामाजिक काममा सक्रिय के. एफ. नेपालले किसानको बिगतको मर्कालाई पनि मध्यनजर गर्दै उपकरण बितरण गरेको सस्थाका सचिब तथा यन्त्र बितरण कार्यक्रमका संयोजक सीता डोटेलले बताउनुभयाे । बनमा बन्यजन्तुले खाने फलफुल नहुदा खानका लागि बैकल्पिक सोच ल्याउन सकिए गाउँ पस्ने बादरमा कमी आउने उहाँको भनाई थियो । किसानलाई यन्त्र संगै केही ‘क्याल्सियम कार्बाेहाईड’ र ग्यास लाईटर पनि प्रदान गरिएको छ ।

कार्यक्रमको अवसरमा कोरोनाको कारण लकडाउनका समयमा उपकरण तयार गर्ने तथा उत्पादनको पहिलो उपकरण सस्थालाई बिक्री गर्ने उत्पादक द्वय जायश्वर पाण्डे र तिर्थ पाण्डे दाजुभाईलाई दोसला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो। सामाजिक दुरी कायम गरि गरिएको कार्यक्रममा पुग्नेलाई सस्थाले प्रबेशद्दारमा सेनिटाइजर र माक्स अनि बार्य प्रयोग गरेर भित्र जाने व्यबस्था गरेको थियो । संस्थाका उपाध्यक्ष ढकालको अध्यक्षतामा भएको वितरण कार्यक्रम सदस्य सञ्जु परियारको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys