Erani Mahal
पूर्वखोला गाउँपालिकाकाे बजेट ४४ कराेड १७ लाख
niti-tathaa-karykram
पाल्पा – पूर्वखोला गाउँपालिकाले “शिक्षा , स्वास्थ्य सडक , कृर्षि पर्यटन सहितको पूर्वाधार, पूर्वखोला विकासको आधार " भन्ने नारालाई साकार बनाउने गरी आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम र वजेटलाई केन्द्रित गरेको छ । गाउँपालिकाको अध्यक्ष नुन बहादुर थापा द्वारा प्रस्तुत नीति कार्यक्रममा आर्थिक विकास तर्फ :कृषी तथा पशु विकास निति अन्त्रगत एक वडा एक उतपादन निरन्तरता , घर एक फलफुलका बोट अनेक , कृषकलाइ समुहलाइ पुरस्कार , गापालिका स्तरीय नर्सरि व्यवस्थापन , कृर्षी पाठशाला , व्यावसायिक पशुपंक्षिपालनलाइ उत्पादनमा आधारित मापदण्ड बनाइ अनुदान व्यवस्थापन गर्ने उल्लेख छ । कृषी उपज संकलन केन्द्र लगाएत निति तथा कार्यक्रम प्रस्तुत थियो त्यसै सहकारी तथा गरिवी निवारण मा उतकृस्ट सहकारिलाइ पुरस्कार , गर्ने घरेलु तथा साना उध्योग अन्तरगत घरबुनालाइ पुनरखोज गरि नयाँ पुस्तामा सीप हस्तान्तरण गराउनको तालिमको विशेश पहल, सिकर्मी,डकर्मी लगाएतका तालिम प्रधान गरि रिजगारी सिर्जना गगरिने , विभिन्न धार्मिक स्थल तथा , अग्ला गल्ला पाहाड अथा गुफा हरुलाइ पर्यटन क्षेत्रको रुपमा विकास गरिदै लैजाने , बिध्यालय समायोजन र आवश्यक ठाउँमा स्थापना थप गर्ने निति बोकेको छ । बिदेश बाट आउने हरुको कोरोना भाइरस पिसिआर बिधिबाट गर्ने व्यवस्थापन सबै स्वास्थ्य चौकिहरुमा प्रयोगशाला स्थापना लागी पहल गरिने छ । महिला हक ५०% पुर्याउने समान कामको लागी समान ज्याला ,पूर्वखोला गाउँपालिका सचेत बालबालिका भन्ने नारा स्थापित गर्न बाल संजाल , पालिका भरी १ घर १ धारा २ बर्ष भरी सम्पन्न गरिने छ, पालिका र केन्द्र जोड्ने बाटो बाह्रै महिना संचालन हुने गरि सतर उन्नती गरिने, बाक्लो वस्ती क्षेत्रका मोटरबाटो कालोपत्रे ,काठेपोहोल विस्थापन, लगायतको बारेमा निति तथा कार्यक्रम रहेको छ । कार्यक्रममा गाउपालिका उपाध्यक्ष द्धारा आर्थिक बर्ष २०७६/०७७ को लागि ४४ करोड १७ लाख ८५ हजार ७ सय १० रुपैयाको प्रस्तुत गर्नु भएको थियो । गाउँ सभाद्वारा नीति कार्यक्रम सुझाव र छलफः पछि पारित गरेकाे छ । सभा उद्घाटन प्रदेश सभा सदस्य नारायण आचार्यले गर्नुभयाे । कार्यक्रममा जिल्ला समन्वय प्रमुख मिरा मरासिनी समन्वय अधिकारी लेखनाथ ज्ञवाली लगाएतकाे सहभागिता रहेकाे थियाे । नीति तथा कार्यक्रमकाे पूरा विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस niti-tathaa-karykram
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update