Erani Mahal
वर्षाकाे कारण तानसेनकाे लामीडाँडामा पहिराेले घर भत्कियाे
df
पाल्पा- जिल्लाकाे तानसेन ७ लामीडाँडामा पहिराेले घर भत्किएकाे छ । स्थानीय खुम बहादुर खत्रीको ढुङ्गा माटोले बनेको जस्ता पाताको छानो भएको २ तले कच्चि घर लगातारकाे पानीका कारण भत्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । विहान प्रभास चौकीबाट प्रहरी नायव निरिक्षक एक्का बहादुर नेपालीको कमाण्डमा ४ जनाको टोली खटिई बुझ्दा मानबिय तथा चौपाया क्षेती नभएको र घर पुर्णरुपमा क्षेती भएकाे प्रहरीले जनाएकाे छ । पहिराेले घर भत्काउँदा अंन्दाजि १ लाख ५०,००० बरबरको क्षेती भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update