Erani Mahal
तिनाउँ दाेभानमा  रहेकाे गणेश सामुदायिक वनद्वारा २ हजार विरुवा राेपण
Ganes
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-२ मा अवस्थित गणेश सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा बुधबार विभिन्न प्रजातिका वृक्षा रोपण भएको छ । सामुदायिक वन क्षेत्र भित्र विभिन्न प्राजातिका २ हजार विरुवा लगाइएको हो । सब डिभिजन वन कार्यालय तिनाउले निःशुल्क रुपमा उपलब्ध गराएको विरुवा समुहका ६० जना उपभोक्ताहरुको सहभागीतामा वन क्षेत्रमा लगाइएको हो । वार्षिक रुपमा नियमित वृक्षारोपण गर्दै आएको गणेश सामुदायिक वनले यो वर्ष दोभान नुवाकोट बेलवास मोटरबाटो अन्तरगत पर्ने दोभान क्षेत्रमा लगाइएको समुहका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी गराउनुभयाे । समुहको सकारात्मक कार्यप्रति धन्यवाद ज्ञापन गर्दै सब डिभिजन कार्यालय तिनाउका प्रमुख चन्द्र भाटले आगामी दिनमा समेत यस प्रकारको कार्यको निरन्तरका लागि शुभकामना व्यक्त गर्नुभयाे । यसैगरी तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले उपभोक्ता समितिलाई धन्यवाद ज्ञापन गर्दै अन्य क्षेत्रमा पनि यस प्रकारका सकारात्मक कार्य गर्न आवश्यक रहेको बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update