Erani Mahal
रिब्दीकोट गाउँपालिकाको ४९ करोड ८३ लाखको बजेट (पूर्ण पाठ सहित)
budget Ribdikot 2077.78 Final print
पाल्पा– रिब्दीकोट गाउँपालिकाले आ.व. २०७७।७८ को लागी ४९ करोड ८३ लाखको बजेट पेश गरेको छ । गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी खनालले रिब्दीकोट गाउँपालिकामा संघिय सरकार तथा प्रदेश सरकारको बजेट मार्फत प्राप्त हुने वित्तिय समानिकरण अनुदान ८ करोड ४८ लाख, संघीय सरकारवाट राजस्व वाँडफाड मार्फत ६ करोड ६३ लाख ७० हजार संघिय सरकार बिषेश अनुदान रु १ करोड, संघिय सरकार समपुरक अनुदान ४८ लाख रहेको बताउनुभयो । उहाँले संघिय सरकार सशर्त अनुदान २२ करोड ७४ लाख (शिक्षा,स्वास्थ्य,आयुर्वेद,कृषि,पशु,महिला विकास, नविकरणिय उर्जा, प्रधानमन्त्री रोजगार, झोलुंगे पुल र राष्ट्रिय परिचयपत्र तथा पंजिकरण कार्यक्रम सँग सम्बन्धित तोकिएका कार्य सम्पादन गर्नका लागिर्) प्रदेश तथा स्थानिय तह क्षमता विकास कार्यक्रम ४ लाख, प्रदेश सरकार वित्तियसमानिकरण ५० लाख ३७ हजार प्रदेश सरकार राजश्व वाडफाड ४१ लाख ६४ हजार प्रदेश सरकार लागत सहभागीता समपुरक अनुदान १ करोड ५० लाख, मुख्य मन्त्रि ग्रामिण विकास कार्यक्रम ६० लाख, प्रदेश सरकार सशर्त अनुदान १ करोड ३० लाख ५० हजार, गरी संघ र प्रदेशवाट ४४ करोड २० लाख २१ हजार प्राप्त हुने गरी बजेट प्रस्तुत गर्नुभयो । सामाजिक सुरक्षा अनुदान तपर्m ७ करोड ५० लाख , गरिवसंग विश्वेश्वर कार्यक्रम ४ लाख ५० हजार, स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम १ करोड, आन्तरीक आम्दानी र राजश्व वाँडफाड घर जग्गा रजिष्ट्रेशन समेत गरी ५३ लाख ५० हजार, जल विद्युत रोयल्टी ५० लाख खानी रोयल्टी १६ लाख र ७६।७७ को बचत हुने अनुमानित रकम रु.३ करोड समेत गरी संघीय सरकार , प्रदेश सरकार र राजश्व वाडफाड समेतको कुल जम्मा ४९ करोड ८३ लाख ७१ हजार प्राप्त हुने अनुमानित आय व्यय प्रस्तुत गर्नुभयो । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७६।०७७ को जेष्ठ मसान्तसम्ममा यस गाउँपालिकाको लागि संघिय सरकार र प्रदेश सरकारको समानिकरण अनुदान, शसर्त अनुदान, समपुरक अनुदान, राजश्व वाडफाड वाट प्राप्त हुने रकम, संघिय सरकारको विषेश अनुदान,मुख्य मन्त्रि ग्रामिण विकास कार्यक्रम साथै पुर्वाधार विकास कार्यक्रम, विद्यालय क्षेत्र सुधार कार्यक्रम, झोलुङ्गे पुल क्षेत्र कार्यक्रम ,प्रधानमन्त्री रोजगार कार्यक्रम, गरिवसंग विशेश्वर कार्यक्रम, प्रदेश तथा स्थानीय तहमा क्षमता विकास कार्यक्रम, राष्ट्रिय परिचयपत्र तथा पंजिकरण कार्यक्रम र गाउँपालिकाको आन्तरिक आयसमेत गरी कुल रु.४४ करोड ३९ लाख ७ हजार ३ सय ७४ मात्र बजेट प्राप्त भएको प्रशासकीय अधिकृ ऋषिराम अर्जेलले बताउनुभयो । उक्त कुल आम्दानी मध्ये हालसम्मको खर्च रु. ३८ करोड ५६ लाख ४९ हजार ७ सय ८७ रुपैया मात्र भएको छ जुन समग्र बजेटको ८६% खर्च हुन आउँछ । जसमध्ये चालु तर्फ छुट्याइएको बजेटतर्फ जेष्ठ मसान्तसम्ममा ६७.७० प्रतिशत र पँुजीगत खर्च तर्फ छुट्याइएको बजेट मध्ये ५२.७६ प्रतिशत रहेको छ । कोरोना भाइरसको कारण २०७६ चैत्र ११ देखी भएको लकडाउनका कारण पुँजीगत खर्चमा सुधार ल्याउन कोशिस गर्दा गर्दै पनि कतिपय ठूला योजनाको कार्य सम्पन्न हुन बाँकी रहेकोले पुँजीगत बजेट खर्च कम देखिन आएको छ । आगामी वर्षदेखि पुँजीगत बजेट खर्च जेठ भित्रै सम्पन्न गर्ने गरी कार्ययोजना बनाई कार्यान्वयन गरिने लक्ष्य लिईएको छ । हेर्नुहोस रिब्दीकोटको कुल बजेट पूर्णपाठ यहाँँ क्लिक गर्नुहोस ः budget Ribdikot 2077.78 Final print
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update