Erani Mahal
तरुण दल रामपुरले गर्यो शोकसभा
पाल्पा- तरुण दल रामपुर नगर समितिले तरुण दल रामपुरका उपसभापति किरण मल्लको बुवा गुन्ज बहादुर मल्लको निधनमा शोकसभा गरेको छ । उहाँकै घर रामपुर ४ सदावर्तमा भएको शोकसभामा तरुण दलका केन्द्रिय प्रतिनिधि हुमनाथ न्यौपानेले साबिक गाडाकोटमा रहदा देखिनै नेपाली काङ्ग्रेसको दरिलो खम्बा बन्नु भएका मल्लको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाले पार्टीमा निरन्तर खटेको परिवारमा परेको पिडालाई शक्तिमा बदल्दै धैर्य गर्ने प्रेरणा सहित समबेदना दिनुभयो । सोहिअबसरमा तरुण दलका अर्का केन्द्रिय प्रतिनिधि भोजेन्द्र प्रकाश ढकाल, नेबिसंघ पाल्पा काठमाडौ मन्चका अध्यक्ष लक्ष्मण भट्टराईले मल्ल परिबारको पार्टी योगदान बारे बोलेका थिए । ७४ बर्षे गुन्ज बहादुर मल्लको गत जेठ ३१ गते निधन भएको हो । उहाका कान्छो छोरा तथा तरुण दल उपसभापति किरण मल्लले दुखको बेला आफ्नो सम्झेर साथ र हौसला दिनुहुने सबैमा धन्यवाद दिनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update