Erani Mahal
तानसेन नगरपालिकाको आगामी आवकाे बजेट १ अर्ब १२ करोड ८९ लाख
IMG_6191
पाल्पा – तानसेन नगरपालिकाको आगामी आर्थिक वर्षका लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । यो रकम यो चालु वर्षको तुलनामा ७७ लाखले बढी हो । तानसेनकाे नगरसभा बुधबारदेखि सुरू भएकाे छ । नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सातौँ नगरसभामा पूँजीगततर्फ रु ४६ करोड १४ लाख ३५ हजार (कुल बजेटको ४१ प्रतिशत) र चालु तर्फ ६६ करोड ७५ लाख २५ हजार रुपियाँको (कुल बजेटको ५९ प्रतिशत) बजेट प्रस्ताव गर्नुभयो । नगरसभामा नगर प्रमुख शाहीले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, कृषि, पर्यटन र भौतिक पूर्वाधारको विकास गर्नमा बजेटले प्राथमिकता दिएको बताउनुभयो । शाहीले कोरोना नियन्त्रण गर्न आश्वयक कार्यक्र संचालन गर्ने, विपन्न परिवारका लागि निशुल्क स्वास्थ्य विमा गरिदिने, स्वाथ्य क्षेत्रलाई आवश्यक भौतिक पूर्वाधार तयार गर्ने लगायतका कार्यक्रमलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । नगरपालिकाले कोरोनाबाट प्रभावित शिक्षक कार्यक्रमलाई प्रभावकारी बनाउन, अनलाईन, संचालनमाध्यम्को प्रयोग गरेर कार्यक्रम संचालन गर्ने, कार्य सम्पादनको आधारमा विद्यालयलाई प्रोत्साहन गरिने, शिक्षक दरबन्दी नभएका विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरसभामा प्रमुख शाहीले तत्काल १५० बढी युवालाई रोजगारमा सामेल हुने कार्यक्रम ल्याउने, उद्यमशील विकास कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कृषि तथा उत्पादनलाई जोड दिन विभिन्न कार्यक्रम तय गरिएको छ भने एक वडा एक प्राविधिकको व्यवस्था गरिनेछ । नीति तथा कार्यक्रममा कृषकसँग विद्यार्थी कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ । नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणको कार्यक्रमलाई निरन्तरता दिएको छ । यस्तै सामाजिक तथा आर्थिक विकासका लागि ढाका, करुवाको प्रब्द्र्धन, विपन्न क्षेत्र लक्षित कार्यक्रम तय गरेको छ । नगरपालिकाले सुशासनलाई कायम गर्न शााखाहरु र कार्यालय प्रमुखको बीचमा कार्यसम्पादन सम्झौता गर्ने र सेवालाई प्रभावकारी बनाउने नीति कार्यक्रममा उल्लेख गरिएको छ । नीति कार्यक्रम हेर्न याे लिंक क्लिक गर्नुहाेस Tansen Municipality (Policy And Programme) 2077.03.10
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update