Erani Mahal
तानसेन नगरपालिकाद्वारा आव २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक
ttt
पाल्पा – तानसेन नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, स्वास्थ्य क्षेत्रको सुधार र शैक्षिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर आव २०७७/०७८ को नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाको सातौँ सभामा नगर प्रमुख अशोककुमार शाहीले कोरोना नियन्त्रण गर्न आश्वयक कार्यक्र संचालन गर्ने, विपन्न परिवारका लागि निशुल्क स्वास्थ्य विमा गरिदिने, स्वाथ्य क्षेत्रलाई आवश्यक भौतिक पूर्वाधार तयार गर्ने लगायतका कार्यक्रमलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । नगरपालिकाले कोरोनाबाट प्रभावित शिक्षक कार्यक्रमलाई प्रभावकारी बनाउन, अनलाईन, संचालनमाध्यम्को प्रयोग गरेर कार्यक्रम संचालन गर्ने, कार्य सम्पादनको आधारमा विद्यालयलाई प्रोत्साहन गरिने, शिक्षक दरबन्दी नभएका विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरसभामा प्रमुख शाहीले तत्काल १५० बढी युवालाई रोजगारमा सामेल हुने कार्यक्रम ल्याउने, उद्यमशील विकास कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कृषि तथा उत्पादनलाई जोड दिन विभिन्न कार्यक्रम तय गरिएको छ भने एक वडा एक प्राविधिकको व्यवस्था गरिनेछ । नीति तथा कार्यक्रममा कृषकसँग विद्यार्थी कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ । नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणको कार्यक्रमलाई निरन्तरता दिएको छ । यस्तै सामाजिक तथा आर्थिक विकासका लागि ढाका, करुवाको प्रब्द्र्धन, विपन्न क्षेत्र लक्षित कार्यक्रम तय गरेको छ । नगरपालिकाले सुशासनलाई कायम गर्न शााखाहरु र कार्यालय प्रमुखको बीचमा कार्यसम्पादन सम्झौता गर्ने र सेवालाई प्रभावकारी बनाउने नीति कार्यक्रममा उल्लेख गरिएको छ । तानसेन नगरपालिकाको आव २०७७/०७८ को नीति तथा कार्यक्रम पूरै हेर्न तलकाे लिंकमा क्लिक गर्नुहोस । Tansen Municipality (Policy And Programme) 2077.03.10
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update