Erani Mahal
पाल्पामा सात जनाले 'काेराेना भाइरस'लाई जितेर घर फर्किए
tr
पाल्पा - रामपुरमा कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बसेका २ युवाले कोरोना जितेका छन् । भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटीमा पोजेटिभ देखिएपछी पिसिआर जाच गर्दा समेत कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनीहरुलाई घर पठाए संगै पाल्पामा कोरोना जित्नेको संख्या ७ पुगेको छ । यस अघि निस्दी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना निको भएर घर फर्किएका छन् । आइसोलेसन निर्माणको क्रममा रहदा पोजेटिभ आएको झण्डै एकहप्तापछी मात्र क्वारेन्टाइनबाट शहिद बहुमुखी क्याम्पसमा बनेको आइसोलेसनमा सारिएका उनीहरुको पुनः जाँच गर्दा नेगेटिभ आएसंगै उनीहरुलाई बिदाइ गरिएको हो । रामपुर नगरपालिका ९ का २३ र २८ वर्षका ती युवाहरुसंगै आएर सीताराम माबी क्वारेन्टाइनमा बसेका अन्य ११ जना पुरुषको रिपोर्ट पनि नेगेटिभ आएको छ । उनीहरुको सोमबार संगै रिपोर्ट आए पछि मंगलबार बिदाई गरिएको हो । नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत तथा आइसोलेसन व्यबस्थापन संयोजक ऋषिराम आचार्यले बिदाइ गर्नुभएको हो । गएको जेठ १२ गते भारतबाट कपिलवस्तुको खोला र जङ्गलबाट छिरेर आएका उनीहरु सहित ६ जना पाल्पाको बर्तुङ्गमा आएलगत्तै होल्ड क्वारेन्टाइनबाट निस्केका अन्य ७ जना युवाहरु चढेको गाडिमा आएका थिए ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update