Erani Mahal
निस्दीकाे जंगलमा पासाेमा परेकाे गाेहाेराकाे उद्धार
rkk
पाल्पा - निस्दी गाउँपालिका वडा नं. ४ काे मुढाबास जंगलबाट सुनगाेहाेराकाे उद्धार गरिएकाे छ । पासोमा फसेर घाईते भएकाे सुनगोहोरालाइ वनका कर्मचारीहरूले उद्धार गरेका हुन् । निस्दीका स्थानीय बासिन्दाले दिएकाे सूचनाका आधारमा निस्दी सव–डिभिजन वन कार्यालयको टोलीले जंगलमा पुगेर सुनगाेहाेराकाे उद्धार गरेकाे हाे । उद्धार पछि गाेहाेराकाे सामान्य उपचार पछि बासस्थान रहेकाे क्षेत्रमा छाडिएकाे निस्दी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नन्दप्रसाद अधिकारीले बताउनुभयाे । सुनगाेहाेरा मार्न तथा ओसारपोसर तथा बेचबिखन गर्न बन्देज छ । यसकाे कुनै स्थानमा मानिसहरूले चाेरीसिकारी गर्दै आएका छन् । मासु खान र छालाकाे प्रयाेगका लागि मानिसले सु्नगाेहाेराकाे चाेरी गर्ने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update