Erani Mahal
तिनाउँ गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा संचालन
t A (1)
पाल्पा– जिल्लाको तिनाउँ गाउँपालिका द्वारा एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाको लगानीमा ल्याइएको एम्बुलेन्सको व्यवस्थापन भने तिनाउँ गाउँपालिकाको रेडक्रस उपशाखाले गर्नेछ । एम्बुलेन्स सेवाको मंगलवार प्रदेश सभा सदस्य तुलाराम घर्ती मगर, गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, प्रबक्ता राजेश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी लगाएतले एक कार्यक्रमका बीचमा सिद्धबाबा मन्दिरमा उद्घाटन गर्नुभयो । उद्दघाटन कार्यक्रममा प्रमुख अतिथि घर्तीले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न एम्बुलेन्सले सहयोग गर्ने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update