Erani Mahal
देववाणी माविद्वारा विपन्न विद्यार्थीलाई रेडियो वितरण
fff
पाल्पा– देववाणी माविद्वारा रेडियो पाठशाखा सुन्न विपन्न विद्यार्थीलाई रेडियो वितरण गरेको छ । रिड नेपालको सहयोगमा रेडियो नभएका ३० जना बिपन्न परिवारका विद्यार्थीहरूलाई रेडियोबाट सञ्चालन भएको पाठशाला सुन्न अभिप्रेरित गर्ने उद्धेश्यले रेडियो वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर थापाले रानीमहललाई बताउनुभयो । उहाँले विद्यालयले लकडाउनको समयमा दुरशिक्षा कार्यक्रम मार्फत शिक्षण, अनलाइन कक्षा, घरदलौ कक्षा लगाएतका माध्यमबाट शिक्षण गर्दै आइरहेको बताउनुभयो । विद्यालयमा विद्यार्थी संख्या नभएर मर्ज हुन लागेको विद्यालयमा नयाँ व्यवस्थापनसँगै अहिले विद्यार्थीको चाप र शैक्षिक गुणस्तर समेत बढेको सहायक प्राचार्य शेषनारायण चालिसेले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update