Erani Mahal
तानसेनको जाेगेपानीमा पहिरोले पुरिदा १२ वटा बाख्रा मरे
df
पाल्पा– पाल्पा तानसेन नगरपालिका वडा नं. ११ जोगेपानीमा जोगेपानी कुँवा नजिकै पहिरो जाँदा बाख्राको खोर डुवाउँदा १२ वटा बाख्रा मरेका छन् । स्थानीय हिरा गहराजको घरगोठ माथिबाट गएको पहिरोमा हिरा गहतराज को घरमा क्षति पुग्नुका साथै १२ वटा बाख्रा मरेको रिपोर्ट आएको वडा अध्यक्ष दामोदर घिमिरेले बताउनुभयो । सोमवार अविरल वर्षातसँगै झरेको प्हिरोले गोठ,बाख्राको खोर, कुखुराको खोर पुरिएको छ आँगन तथा करौसामा माटो भरिएको छ हिरालाल तथा ज्वारी लालका परिवार पहिरो आउने त्रासले अन्यत्र सरेको अध्यक्ष घिमिरेले बताउनुभयो । यसैबीचमा सोही वडाको सम्मोबारीमा पनि हिजो नै पहिरोले ३ वटा गाडि बगाउँदा ४ जनाको निधन भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update