Erani Mahal
कोरोना संक्रमित बढेसँगै पूर्वखोलामा टोल शिक्षण बन्द
tole
पाल्पा– जिल्लाको पूर्वखोलामा कोरोना पोजेटिभको संख्या बढेसँगै गाउँपालिकाका विद्यालयहरुले टोल टोलमा गएर गर्ने टोल शिक्षण बन्द भएको छ । पूर्वखोलामा एकैदिन ८० जना सहित १ सय २९ जना कोरोनाका विरामीहरु थपिएका छन् । पूर्वखोला–३ अर्खलडामा रहेको जन उज्ज्वल आविमा कोरन्टाइनमा रहेका विदेश बाट आएको २९ जना मध्य २३ जनालाइ कोरोना पोजेटिभ देखिए संगै यहाँको टोल शिक्षण बन्द भएको हो । विद्यार्थीमा मौसमी रुघा खोकी समेत बढेको र कारोनाको विरामी पनि बढेपछि टोल शिक्षण बन्द गरिएको जन उज्ज्वल आविका प्र अ कृष्ण प्रसाद पंगेनीले बताउनु भयो । अर्खलडाँडामा जम्मा ६ ठाउँमा १० जनाले शिक्षण गर्दै आएका थिए । पूर्वखोलाका विद्यालयका शिक्षकहरुले लकडाउनमा विद्यार्थीलाई टोल टोलमै गएर शिक्षण गर्दै आएका थिए ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update