Erani Mahal
पाल्पामा थप ५८ जना काेराेना पाेजेटिभ : स‍ंख्या २ सय ३४ पुग्याे
tt
पाल्पा- जिल्लाका थप ५८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । केन्द्रीय प्रयोगशाला काठमाडौंमा र प्रदेश जनस्वास्थ्य प्रयाेगशालामा भएको काेराेना परीक्षणमा जिल्लाको ५८ जनामा थप संक्रमण पुष्टि भएकाे जिल्ला स्वास्थ्य्य नि. प्रमुख विश्व न्याैपानेले बताउनुभयाे । काेराेना संक्रमित सबै तीन हप्ताअघि भारतबाट आएका हुन् । उनीहरूलाइ सम्बन्धित पालिकामै आइसाेलेशनमा राख्ने तयारी भइरहेकाे छ । पाल्पामा हालसम्म तानसेन नगरपालिकामा बाहेक सबै गाउँपालिकामा काेराेना संक्रमित देखिएका छन् । आज थपिएकामा पूर्वखोलाका, माथागढीका, बगनासकालीका रहेका छन् । जसमा २३ देखि ६५ उमेर समूहका महिला १५ जना र बाँकी पुरुषहरु रहेका छन् । पाल्पाकाे रम्भा गाउँपालिकामा १६ जना, पुर्वखाेला १ सय २९ वगनासकाली गाउँपालिकामा २८ जना, माथागढी गाउँपालिकामा २७ जना, रैनादेवी छहरा गाउँपालिकामा २० जना, निस्दी गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, तिनाउमा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिका १ सय २९ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । पूर्वखोला गाउँपालिका पाल्पाका एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । यस अघि आईसोलेसनमा बसेका सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पाल्पामा पुष्टि भएकाहरु मध्ये १ जना अर्घाखाँची र २ जना गुल्मी जिल्लाका गरी २३४ रहेका हुन भने पाल्पाकाे मात्रै संक्रमितकाे संख्या २३१ रहेकाे छ । पाल्पाका ७ जना निकाे भएर घर फर्किएका छन भने २ जनालाइ बाहिर जिल्ला सिफ्ट गरिएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update