Erani Mahal
पाल्पा पूर्वखाेलाका ८०  काेराेना संक्रमितलाइ गाउँमै आइसाेलेशन बनाएर राखिने
kkk
पाल्पा- एकै दिन ८० जनामा काेराेना पाेजेटिभ भेटिएपछि आइसाेलेशन नहुँदा पूर्वखाेलाले भने गाउँमै आइसाेलेशन बनाएर उपचार गर्ने भएकाे छ । पूर्वखोला गाउपालिकाले कोरोना पोजेटिभ देखिएको ८० लाइ विरकोटकाे गणपती माबि जनमार्ग मावि र उद्धबुद्ध माविमै राखिने भएकाे हाे । गाउँपालिकाका यि विद्यालयमा हाल रहेको क्वारेन्टाइनलाइ स्तर उन्नती गरेर राखिने गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले रानीमहललाइ बताउनु भयो । गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालका अनुसार कोरोना पोजेटिभ देखिनेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी हरुलाइ भोलीदेखि नै विरकोट गणपती मा वि मा व्यवस्थापन गरिने बताउनु भयो । रिङ्नेरह स्वास्थ्य चौकी प्रमुखका अनुसार एउटै क्वारेन्टाइनमा वसेकाहरु जस्लाइ कोरोना नेगेटिभ देखियो उहा हरु अझ केहि दिन क्वारेन्टाइनमा नै राखिने र पुन श्याव संकल गरिने र रिपोटको आधारमा घरमा पठाइने बताउनु भयो । सोमवार देखियको पूर्वखोला -५ गणपती मावि विरकोटमा रहेको कोरन्टाइनका २२ जना पूर्वखोला -३ जन उज्ज्वल आबि अर्खलडाँडा क्वारेन्टाइनमा रहेका २३ जना र पूर्वखोला -१ अकला आवि सिलुवा तामाखानीको कोरन्टाइनमा रहेका मध्य ३५ जना गरी जम्मा ८० जनामा कोरोना पोजेटिभ देखिएको थियाे । बर्षातकाे समयमा बाटो बिग्रेकोले बाटो सुधार गरी उहाँहरुलाइ लैजाने तयारी भएको पालिका अध्यक्ष थापाले जानकारी गराउनुभयाे । बिरकोट कोरनटाइनमा रहेका हरु नेगेटिभ देखियको अन्यलाइ भने पूर्वखोला -४ देविनगर सिप्ट गरिएको अध्यक्ष थापाले जानकारी गराउनु भयो ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update