Erani Mahal
पाल्पामा एकैदिन थपिए ८२ जना कोराेनाका विरामी संक्रमित १७६ पुगे
korona niko
पाल्पा- जिल्लाका थप ८२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । केन्द्रीय प्रयोगशाला काठमाडौंमा र प्रदेश जनस्वास्थ्य प्रयाेगशालामा भएको काेराेना परीक्षणमा जिल्लाको ८२ जनामा थप संक्रमण पुष्टि भएकाे जिल्ला स्वास्थ्य्य नि. प्रमुख विश्व न्याैपानेले बताउनुभयाे । काेराेना संक्रमित सबै तीन हप्ताअघि भारतबाट आएका हुन् । उनीहरूलाइ आइसाेलेशनमा राख्ने तयारी भइरहेकाे छ । पाल्पामा हालसम्म तानसेन नगरपालिकामा बाहेक सबै गाउँपालिकामा काेराेना संक्रमित देखिएका छन् । आज थपिएकामा पूर्वखोलाका ८० र माथागढीका २ जना रहेको छन् । जसमा पूर्वखोला १ का ३५ जना, पूर्वखोला ५ का २२ र ३ का २३ जना रहेका छन् । जसमा २३ देखि ६५ उमेर समूहका महिला १५ जना र बाँकी पुरुषहरु रहेका छन् । पाल्पाकाे रम्भा गाउँपालिकामा १६ जना, वगनासकाली गाउँपालिकामा १७ जना, माथागढी गाउँपालिकामा १५ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, तिनाउमा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिका १२ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । पूर्वखोला गाउँपालिका पाल्पाका एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । यस अघि आईसोलेसनमा बसेका सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पाल्पामा पुष्टि भएकाहरु मध्ये १ जना अर्घाखाँची र २ जना गुल्मी जिल्लाका गरी १७६ रहेका हुन भने पाल्पाकाे मात्रै संक्रमितकाे संख्या १७३ रहेकाे छ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update