Erani Mahal
पाल्पामा खोलाले बगाएर एकको मृत्यु
khola
पाल्पा- पाल्पामा सोमबार खोलाले बगाएर एक वृद्धाको मृत्यु भएको । मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ हुँगीको मसल्याङकी अन्दाजी ७१ वर्षीया मनकुमारी सारू रहेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयाे । अविरल वर्षासँगै आएको बाढीसहितको खोलाले उनलाई बगाएको हो। विहान साढे ९ बजेतिर सारूलाई बगाएको थियो। स्थानीयले खोजी गर्ने क्रममा उनको शव कालिगण्डकी नदी किनारमा फेला परेको रेग्मीले बताउनुभयाे । मृतक सारू दैनिक उपभोग्य सामग्री किन्नको लागि हुँगीको पन्टार बजार आउँदै गरेकी थिइन् । घटनास्थलतर्फ प्रहरी गएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। उनीसँगै गएकी अर्की एक महिलाको भने सकुशल उद्वार गरिएको छ। पन्टार हेल्थपोष्टमा युरिक एसिड सम्बन्धि औषधि लिन जाने भनि हिडेकोमा हुँगीकाे बाध खोला तर्ने क्रममा अचानक बाढी आई खोलाले बगाएको र घटनाकाे अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update