Erani Mahal
पाल्पाको जिल्ला सभाद्वारा एक करोड ६६ लाखको बजेट विनियोजन
dcc palpa
पाल्पा, साविक जिल्ला विकास समितिको जिल्ला परिषद्को झल्को दिने जिल्ला समन्वय समितिको जिल्ला सभा तानसेनमा सम्पन्न भएको छ । सभाले १ करोड ३३ लाख ६६ लाख, ३३ हजारको बजेट समेत बाँडफाँड गरेको छ । कार्यवाहक अध्यक्ष मिरा मरासिनीको अध्यक्षतामा बसेको सभाले संघीय मामिला मन्त्रालयबाट प्राप्त एक करोड २७ लाख ६४ हजार, स्थानीय विकास पूर्वाधार कार्यक्रम तर्फ १० लाख ८० हजार, गरीब घर परिवार पहिचान तथा परिचय पत्र वितरण १५ लाख ४० हजार, गरीबसँग विश्वेश्वर कार्यक्रममा २ लाख ९९ हजार, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम २ लाख ५० हजार, प्रर्यटन प्रर्वद्धन कार्यक्रममा २ लाख, प्रदेश सरकारको कोभिड १९ अनुगमन तथा व्यवस्थापन तर्फ ५ लाख विनियोजन गरेको हो । जिल्ला सभाले १२ करोड ८१ लाख १२ हजार ३ सय ९६ आन्तरिक कोष तर्फको आय व्यय समेत स्वीकृत गरेको छ, साथै वेरुजुको सम्परीक्षणका लागि सम्बन्धित तहमा पठाउने समेत निर्णय भएको छ । कोभिड १९ को संक्रमणमा कार्यरत सबैलाई धन्यवाद दिने, कोभिड चेकजाँचको लागि पिसिआर मेसिन खरिदमा प्रदेश र केन्द्रलाई अनुरोध गर्ने, परीक्षण, व्यवस्थापनलाई प्रभावकारी बनाउने, कोरोनाको कारण ठेक्का भएर काम नभएका आयोजनालाई क्रमागत योजनाको रुपमा काम गर्ने व्यवस्था मिलाउन प्रदेश र केन्द्रमा अनुरोध गर्ने निर्णय भएको कार्यवहाक अध्यक्ष मिरा मरासिनीले रानीमहललाई बताउनुभयो । साथै जिविस सभापति दयाराज बस्यालकाे निधन प्रति दुख व्यक्त गर्दै शाेक प्रस्ताव समेत सभाले पास गरेकाे छ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update