Erani Mahal
तिनाउको आगामी वर्ष भवन निर्माणको वर्ष हुनेछ :  प्रशासकीय अधिकृत भण्डारी
Ti
पाल्पा-पाल्पाको प्रवेश नाकाको रुपमा रहेको तिनाउँ गाउँपालिका स्रोत र साधनले समेत धनी गाउँपालिकाको रुपमा रहेको छ । गाउँपालिकाले आज आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गर्दैछ, साथै १० गते गाउँपालिकाले बजेट समेत पेश गर्ने कार्यक्रम रहेको छ, आगामि वर्षको बजेट निर्माण चालु वर्षमा भएका कामहरु र गाउँपालिकाका गतिविधिहरुको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीसँग रानीमहलले गरेको कुराकानीका आधारमा उहाँले व्यक्त गर्नुभएको विचारहरु यहाँ प्रस्तुत गरिएको छ । २०७६ साल माघ २३ गतेदेखि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तिनाउँमा आएको हुँ । गाउँपालिकाका निरन्तर चलेका कामहरु म आएपछि पनि निरन्तर रुपमा सुचारु रुपमा अगाडि बढाएको छु । लकडाउन अगाडि कामको गति बढेको थियो । लकडाउनको समयमा समेत अध्यक्ष, म, प्राविधिक, आइटी लगाएतका शाखाहरुमा भौतिक दुरी कायम गरि निन्तर रुपमा कार्यालयको काम गरिरहेको छ । तिनाउँमा यस वर्ष ४ सय बढी योजनाहरु रहेका थिए । गत वर्ष नै आगामि वर्षमा काम गर्ने गरी प्रशासकीय भवन, वडा भवनहरु बनाउन, तिलोत्तमा प्राविधिक शिक्षालयको लागि ति योजनाहरु सम्पन्न गर्न बजेटहरु विनियोजन गरिएको थियो । अंकुशे देउराली मोटरबाटो, सिखरडाँडा खानेपानी, डढेगाउँ खानेपानी आयोजना जस्ता बहुवर्षिय योजनाहरु संचालन भएका छन् । यस वर्ष बहुवर्षिय योजना धेरै भएका कारण आगागि आर्थिक बर्षमा बजेट ति आयोजना सम्पन्न गर्नमा नै केन्द्रित हुनेछ । आगामि वर्ष भनेको तिनाउँ गाउँपालिकाको भवन निर्माण वर्षको रुपमा लिएका छौं । भौतिक प्रगति ६६ प्रतिशत गाउँपालिकाले चालु आर्थिक वर्षमा ४२ करोड १५ लाख ६७ हजाार ७ सय १५ को बजेट सिलिंग रहेको थियो जसमा चाल २१ करोड, ४१ लाख ७५ हजार र पुँजिगत बजेट २० करोड ७४ लाख ३ हजार ७ सय १५ रहेको थियो । गाउँपालिकाले अहिलेसम्म ६६.५ प्रतिशत भौतिक र ८६.५२ प्रशित वित्तिय प्रगति हाँसिल गरेको छ । गाउँपालिकाको प्रशासकीय भवन, वडा नं. ३, ४ र ५, ६ को वडा भवन सम्पन्न गर्ने र निर्माण प्रक्रिया सुरु गर्ने भएकाले त्यसलाई निर्माण र निरन्तरतामा लागेका छौं । हामीले समयमै आयोजनाहरुको सम्झौंता गर्ने र फरफारक गर्ने योजना अन्तर्गतनै कामहरु सुरु गरेको थियौं तर कोभोडि १९ को कारण केही आयोजनाहरुको फरफारकको लागि असार नै कुनुपर्ने बाध्यता भयो । हामीले शतप्रतिशत बजेट कार्यान्वयन गर्ने योजना रहेको थियो तर कारोना संक्रमणले केही समस्या ल्याएको छ । विदेशबाट आएका र कृषि पेशागर्नेलाई प्याकेज हामीले लकडाउनको कारण विदेशबाट फर्किएका नेपाली दाजुभाई गाउँपालिका बासीले उहाँहरुको रोजगारी अभिवृद्धि, सीप विकास, पशुपालन, कृषिमा जोड दिइ उनीहरुलाई आत्मनिर्भर बनाउने योजना रहेको छ । गाउँपालिकामा कर्मचारीहरुको प्रशस्त मात्रमा रहेकोले पनि काम गर्न सहज भएको छ, कर्मचारी कम भएको कारणबाट कार्यसम्पानमा असजता भन्ने हामीलाई छैन, साथै यहाँका सबै राजनीतिक दलहरुको समन्वयत्मक कामका कारण विकास निर्माण र कार्यालय संचालन लगाएतका काममा समेत सहजता भएको छ । तिनाउँ गाउँपालिका प्रशसस्त स्रोत र साधन, खानी, वनजंगल, गैरकाष्ठ पैदावरको धनी गाउँपालिका हो, तर खानी मात्र भएर भएन खानी विभागले छुट्याएको रकम आउने भएकाले जति रकम प्राप्त हुन्छ त्यसको भरपूर संरक्षणमा गाउँपालिका रहेको छ । यहाँ अत्यन्त सम्भावना बोकेको नगदेबाली दालचिनी रहेको छ, त्यसको व्यवस्थापन, विस्तार र बजारीकरणमा गाउँपालिकाले सहयोग गर्दै आइरहेको छ । दालचिनीको तेल निकाल्ने योजना रहेको छ, त्यसमा गाउँपालिकाले सहयोग गर्ने कार्यक्रम छ, मुख्य मन्त्री ग्रामीण विकास, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँका समस्या समाधान र रोजगारीको काममा समेत रकमको सदुपयोग हुने गरी काम गरेका छौं । नीति तथा कार्यक्रम शतप्रतिशत लागुगछौं हामीले समयमै आयोजनाहरुको सम्झौंता गर्ने, नीति, कार्यक्रमका लक्ष्य, दीर्घकालिन योजना, आर्थिक विकास, समाजिक विकास लगाएतका क्षेत्रमा काम गर्ने योजनाहरु रहेका छन्, हामीले सबैको सहयोग सुझाव सल्लाहका आधारमा जनतलाई कसरी समृद्धिको बाटोमा अगाडि बढाउने भन्ने बाटोमा लाग्नेछौं, त्यसको लागि सबैको रचनात्मक, सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौं । अब नीति तथा कार्यक्रम र बजेटमा भएका कुराहरु शतप्रतिशत कार्यान्वयन गर्ने गरी काम गरेका छौं । साथै आफ्ना केही कुराहरु राख्ने अवसर दिनुभएकोमा रानीमहल अनलाईन समाचारलाई समेत धन्यवाद दिन चाहन्छु ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update