Erani Mahal
दाेभानकाे क्वारेन्टाइनमा याेग अभ्यास : काेराेनासँग लड्न आत्मबल दिनुहुँदैं प्रवक्ता श्रेष्ठ
ttt
पाल्पा – योग दिवसको अवसरमा तिनाउ गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले क्वारेन्टाइनमा पुगेर क्वारेन्टाइनमा बसेका २२ जनालाई योगाभ्यास गराउनुभएको छ । आइतबार योग दिवसको अवसरमा श्रेष्ठले दोभान माविको क्वारेन्टाइनमा बसेका २२ जनालाई योग सिकाउनुभएको हो । क्वारेन्टाइनमा बसेकालाई काेराेनासँग लड्नका लागि आत्मबल बढाउन र योगबाट स्वास्थ्यलाई हुने फाइदाका बारेमा जानकारी दिन श्रेष्ठ क्वारेन्टाइनमा पुग्नुभएको हो । योगाभ्यासका लागि अध्यक्ष श्रेष्ठ क्वारेन्टाइनमा पुग्दा त्यहाँ बसेका मानिसहरु खुसी भएका थिए । प्रवक्ता श्रेष्ठले तीन दिनदेखि निरन्तर योग अभ्यास गराउँदै आउनुभएको छ । यसअघि रिब्दीकाेटकाे विभिन्न क्वारेन्टाइनमा समेत याेग सिकाइएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update