Erani Mahal
पाल्पाको बेथल स्कूलमा निरन्तर अनलाइन कक्षा संचालन
Onli
पाल्पा – तानसेनस्थित बेथल बोर्डिङ् स्कुलले अनलाइन कक्षालाई निरन्तरता दिएको छ । लकडाउन भएको १५ दिनपछि एसइईका विद्यार्थीलाई केन्द्रित गरी सुरु गरेको अनलाईन कक्षा हाल आएर कक्षा ३ देखि १० सम्मका विद्यार्थीलाई केन्द्रित गरेर संचालनमा ल्याइएको हो । विद्यालयले पूर्वप्राथमिक तहदेखि कक्षा ५ सम्म अध्यनरत विद्यार्थीहरुलाई नमुना सिकाइयोग्य कार्यको रुपमा पाठ्यक्रममा आधारित कक्षा समेत संचालन गरेको जनाएको छ । यो जिल्लामै पहिलो पटक गरिएको अभ्यास रहेको विद्यालयका प्रिन्सिपल खेम सारुले दावी गर्नुभयो । विद्यार्थीहरुलाई दैनिक रुपमा मुख्यपाँच वटा विषयको पाठ्यक्रमलाई घरमै बसेर अध्ययन र गृहकार्य गर्न मिल्ने गरी तयार गरिएको पुस्तिका समेत प्रदान गरिएको सारुले जानकारी दिनुभयो । विद्यार्थी र शिक्षकलाई प्रविधिमैत्री बनाउन र सिकाई क्रियाकलापलाई निरन्तरता दिन यस्तो क्रियाकपाल गरिएको विद्यालयको भनाई रहेको छ । विद्यालयले प्रिन्सिपल सारुको संयोजकत्वमा प्रन्टलाइन टास्कफोर्स गठन गरी शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावकको वर्तमान अवस्थाको बुझेर अनलाइन शिक्षणका लागि पाठयोजना बनाएको थियो । विद्यालयले संचालन गरेको अनलाइन कक्षामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update