Erani Mahal
तिनाउँका फरक क्षमता भएका नोखलालको खरको छानो फेर्न साहरा बन्यो गाउँपालिका
104482065_747770692643527_7840147337044665045_n
पाल्पा- तिनाउँका फरक क्षमता भएका नोखलालको वर्षौ देखि पानी चुहिने खरको छाना विस्तापित भएपछि खुसी भएका छन् । मुखले शब्द ओकल्न नसक्ने केवल सांकेतिक भाषामा अभिब्यक्त गर्ने (फरक क्षमताका धनी) तिनाउँ २ निवासी नोखलाल लम्सालको साहरा गाउँपालिका भएपछि उनीहरुको मुहार फेरिएको छ । वर्षोदेखीको खरले छाएको चुहिने घरलाई टिनको छानोमा स्तरउन्नती गर्नको लागि गाउँपालिकाले जस्तापाता दिएपछि उनीहरुको मुहारमा खुसीयाली छाएको गाउँपालिकाका प्रबक्ता राजेश श्रेष्ठले रानीमहललाई बताउनुभयो । उहाँले गाउँपालिकाको सहयोगमा खरको छानो फालेर टिनको छानो राखेर घर निर्माण गर्नुभएको छ । वृद्द वुवा छविलाल लम्सालको साथमा बसोबास गर्ने नोखलाललाई साहरा वडा र गाउँपालिका बनेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले घरका छाना विस्थापन गर्ने कार्यक्रमको निरन्तरता स्वरुप अनाथ, विपन्न तथा निमुखाहरुलाई निशुल्क रुपमा र अन्यलाई राहत अनुदानमा जस्ता सहयोग गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले रानीमहललाई बताउनुभयो । उहाँले विपन्न तथा निमुखाहरुलाई गाउँपालिकाले निशुल्क रुपमा आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको छ ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update