Erani Mahal
पाल्पामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ९२ पुग्यो
korona niko
पाल्पा- पाल्पामा शनिबार १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै यहाँ संक्रमितको संख्या ९२ पुगेको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरका १२ जना, वडा नम्बर ३ भुवनपोखरीका ४ र माथागढी गाउँपालिकाका १ जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले बताउनुभयो । उहाँका अनुसार १७ वर्षदेखि ३८ वर्ष उमेर समुहका छन्। प्रदेश नं. ५ को जनस्वास्थ्य प्रयोगशाला भैरहवाले सोमबार बेलुकी यसको पुष्टि गरेको हो । लकडाउन सुरू भएपछि भारतबाट फर्किएका उनीहरू स्थानीय क्वारेण्टइनमा बस्दै आएका थिए । उनीहरूलाई जिल्लाका विभिन्न आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । भारतबाट आएका करिब १७ सय जनाको स्वाब संकलन गरेर पिसिआर विधिबाट परीक्षणको लागि भैरहवा प्रयोशाला पठाइएको छ । जसमध्य ५ सयको रिपोर्ट आइसकेको छ । ९२ जनाको रिपोर्ट पोजेटिभ आएको हो। भने बाँकीको रिपोर्ट नेगेटिभ आएको छ। अझै १२ सय जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख न्यौपानेले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update