Erani Mahal
अविरल वर्षाले पाल्पा, गुल्मी र अर्घाखाँचीमा घरगोठ बगाउँदा करोडौंको क्षति
pahiro
पाल्पा– दुईदिनदेखि परेको अविरल वर्षातका कारण पाल्पा, गुल्मी, अर्धाखाँची लगाएतका स्थानहरुमा करोडौंको क्षति पुर्याएको छ । यि जिल्लाका विभिन्न स्थानहरुमा वर्षातले घर, गोठ बगाएको छ, साथी वर्षातसँगै आएको बाढीका कारण सडक समेत अबरुद्ध भएका छन् । हाम्रा स्थानीय सम्बाददाताहरुले दिएको जानकारी अनुसार पाल्पाको तानसेन, रिब्दीकोट, रैनादेवी छहरा, माथागढी, बगनासकाली, पूर्वखोला, रम्भा, तिनाउँ, निस्दी, रामपुर लगाएतका गाउँपालिकाका विभिन्न गाउँहरुमा घरगोठ समेत बगाएको छ । साथै यि स्थानहरुमा पहिरोले घर, गोठ जोखिममा पारेको छ, भने बाढीले खेतबारीमा रहेको खेती समेत विगारेको हाम्रा प्रतिनिधिहरुले जनाएका छन् । यस्तै वर्षासँगै आएको बराङ्दी खोला र कालीगण्डकी ले पर्यटकीय स्थल रानीमहल क्षेत्रलाई जोखिम बनाएको छ । यहाँ रहेको टिप्पर र विभिन्न भौतिक संरचनालाई समेत बगाएको स्थानीय व्यवसायी शुशिल कुँवरले जनाउनुभएको छ । यस्तै अविरल वर्षातले जिल्ला सदरमुकाम तानसेनको भगवतीटोलको महेन्द्रबोधी विद्यालय नजिक बसन्त श्रेष्ठ र निरबहादुर थापाको घर अगाडि पहिरो गएको छ, जसले आवत जावतमा समेत समस्या भएको छ भने घरभित्र पानी र हिलो समेत पसेको घरधनी रामकृष्ण थापाले बताउनुभयो । यस्तै तानसेन होलाङ्दीको इन्दिरा कार्कीको घर, मदनपोखराको मानु हिस्कीको घरमा समेत पहिरोले असर गरेको छ । यस्तै जिल्लाका विभिन्न स्थानमा रहेको व्यक्तिहरुको घर, गोठ र खेतबारीमा बाढी र पहिरोले क्षति पुर्याएको हो । अविरल वर्षातका कारण कतिपय ठाउँहरुमा उद्धारमा समेत समस्या भएको र क्षतिको यकिन विवरण आउन समेत कठिन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै वर्षातका कारण गुल्मीका विभिन्न पालिकाका गाउँहरुमा बाटो अवरुद्ध भएको छ भने घर, गोठ, बारीहरु समेत बगेको, भत्किएको हाम्रा गुल्मी संवाददाताले जानाउनुभएको छ । यस्तै अर्घाखाँची, स्याङ्जा जिल्लाका विभिन्न स्थानमा समेत वर्षातले असर गरेको हाम्रा प्रतिनिधिहरुले जनाउनुभएको छ । क्षतिको पूर्ण विवरण भने आइ नसकेको भएता पनि करोडौं बढीको भौतिक संरचनाहरुमा क्षति पुगेको छ । वर्षातले यि क्षेत्रमा घर, गोठ, मोटरबाटो, पुल, खेतबारी, आदिमा प्रभाव पारेको हो । वर्षातले गुल्मीमा जीप पुरियो यस्तै अविरल वर्षातका कारण गुल्मीमा जीप पुरिएको छ । जीप पुरिदा जीपमा सवार एकजनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । धुर्कोट गाउँपालिका ३ हाडहाडेमाच लु १ च ३९७९ नम्बरको जीपलाई पहिरोले बगाउँदा ५ जना घाइते भएका हुन् ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update